• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कसको काँधमा जाला विपीको विरासत ?

August 2, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ५ मिनेट
कसको काँधमा जाला विपीको विरासत ?


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

            कांग्रेसमा यस पटक खुलेरै देउवाको विकल्प खोजिएकाे हो ?

साउन, काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी आन्तरिक विवादमा छट्पटाइरहँदा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने आउँदो फागुनमा हुन गइरहेको १४औं महाधिवेशनको तयारीमा छ ।

१४ औं महाधिवेशनका कार्यक्रमहरु चलिरहेका छन् । र, १४ औं महाधिवेशन पछि पार्टीलाई कसले कसरी नेतृत्व गर्ला ? के आउँदो आम निर्वाचनमा नेपाली कांग्रेसले गुमेको विरासत फिर्ता ल्याउला अथवा, विपी कोइरालाले रोपेको कांग्रेसको नीति तथा सिद्धान्त पुर्नजिवित होला ?

पार्टीभित्र मात्र हैन कम्युनिस्ट विचारधारा बोकेका हरुविचपनि चर्चा परिचर्चा भइरहेको छ । कांग्रेसको महाधिवेशन तर्फ सबैभन्दा बढि चिन्ता कम्युनिस्टहरुलाई छ, किनभने बर्तमान कांग्रेस नेतृत्वको कारण कांग्रेसले लय गुमाएको कम्युनिस्टहरुको बुझाई छ ।

हुन पनि हो, बर्तमान कांग्रेस सभापति शेरबहादुर देउवाले ०७४ सालको आम निर्वाचनमा पार्टीलाई जनताका माझ घनिभूत रुपमा पुर्याउन नसक्दा कम्युनिस्टहरुले भोट बटुले । सोझो अर्थमा भन्ने हो भने, कांग्रेस नेतृत्वले आम जनतालाई आफ्ना एजेण्डाहरु प्रष्ट रुपमा बुझाउन नसक्दा कमजोर हुनु पर्यो ।

कांग्रेस केन्द्रीय समितिले पनि यो कुरा स्विकार गरेको छ । अबको १४ औं महाधिवेशनबाट कांग्रेसलाई देशकै पहिलो पार्टीको रुपमा उभ्याउन सक्ने क्षमता भएको नेतृत्वको माग भएको छ । र, सोहि अनुसार आगामी फागुनबाट विपी कोइरालाको विरासत जोगाउने भन्दै सभापतिको दौडमा आधा दर्जन आकांक्षीहरु लागेका छन् ।

“कांग्रेस सभापति शेरबहादुर देउवा पुनः एक पटक सभापतिमा दोहोरिने मनस्थितिमा छन् । उनले पटकपटक एक कार्यकाल सभापति खाने बताइसकेका छन् र, उनको पछिल्लो गतिविधिले पनि त्यहि संकेत गर्दैछ” ।

अहिले देउवा पावरमा रहेकाले पार्टीभित्रका रिक्त रहेका पदहरुमा र भातृ संगठनहरुमा धमाधम आफ्ना नातागोता पर्ने कार्यकर्तालाई भर्ति गराइरहेका छन् ।

केहि दिन अगाडी मात्रै पूर्वप्रधानमन्त्री सुर्यबहादुर थापाका छोरा सुनिल थापालाई कांग्रेसमा प्रवेश गराए । राप्रपा त्यागेर कांग्रेसमा आएका थापालाई कांग्रेसीले नै रुचाएनन् । लगत्तै देउवाले ९ वटा भातृ संगठनहरुको ६ महिना म्याद थप गरे । १४ औं महाधिवेशनको कार्यक्रम चलिरहँदा सभापति देउवाले हतारहतार एकपछि अर्को निर्णय गर्दा बरिष्ठ नेता रामचन्द्र पौडेलले आपत्ति जनाउँदै पत्रकार सम्मेलन नै गरे ।

पार्टीमा देउवालाई सहयोग गर्नेहरुमा उपाध्यक्ष विजयकुमार गच्छदार, महामन्त्री विमलेन्द्र निधी, मीन विश्वकर्मा, प्रवक्ता विश्वप्रकाश शर्मा लगायत छन् । देउवाको कार्यशैलीबाट केन्द्र, जिल्ला, प्रदेश र स्थानीय तहसम्मै असन्तुष्ठ पक्षहरु रहेका छन् । खासगरी पछिल्लो समय, विवादित एमसीसी प्रकरण, ललितानिवास जग्गा प्रकरण, ओम्नी समुह प्रकरण लगायतमा देउवाको मौनताले राष्ट्रिय राजनीति नै प्रभावित भएको छ ।

उनलाई व्यक्तिगत स्वार्थमा मुलुकको सार्वभौमसत्ता धरापमा पार्न खोजेको आरोप छ । कांग्रेस सभापतिको दौडमा रहेकाहरुमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष देउवाका मुख्य प्रतिष्पर्धी हुन् । देउवाका गलत कृयाकलापविरुद्ध पछिल्लो समय खुलेर बोल्न थालेका पौडेल एक्लैले सभापतिको दावेदारी गरेका हैनन् ।

उनको पक्षमा रहेका डा. शेखर कोइराला, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला सभापतिका आकांक्षी हुन् । तर, यि मध्ये पौडेल क्याम्पका बलिया प्रतिष्पर्धी भनेका डा. शेखर कोइराला हुन् ।

“१३ औं महाधिवेशनमा पनि सर्वाधिक लोकप्रिय मत ल्याएर विजयी भएका डा. शेखर कांग्रेसी कार्यकर्ता माझ मात्र हैन आम जनताविच पनि उत्तिकै लोकप्रिय छन् “।

स्रोतका अनुसार शेखरलाई सभापति बनाउन सुजता, शशांकको सहमति भइसकेको छ । कांग्रेसको गुमेको विरासत जोगाउनकै लागि भएपनि शेखरलाई ल्याउनु पर्छ भन्नेहरु छन् । त्यसो त शेखरलाई दृढ निर्णय गर्न नसक्ने नेताका रुपमा पनि अर्थयाउने गरीएको छ ।

१३ औं महाधिवेशनमा महामन्त्री हुने अवसर रहँदा रहँदै शेखर ब्याक भएको आरोप छ । साथै उनलाई विपी कोइरालाको दम्भ बोकेको नेता भन्नेहरु पनि छन् ।

तर, पछिल्लो समय उनी जनस्तरमै गएर कार्यकर्ताहरुसँग घुलमिल भएकाले लोकप्रियता बढेको छ । उनले लामो समयदेखि पार्टी सुदृढिकरण अभियान चलाइरहेका छन् । कोरोना महामारी शुरु भइरहँदा पनि उनी जिल्ला दौडमा थिए । उनको जिल्ला दौडले त्यत्ति खेरै आगामी पार्टी सभापतिको दौडको रुपमा बुझिएको थियो ।

संभवतः पौडेल क्याम्पबाट रामचन्द्र, शशांक, शेखर मध्येबाट एक जना सभापतिको साझा उम्मेद्वार हुनेछ । सभापतिको आकांक्षा पाल्नेहरुमा काठमाडौंका रैथाने अर्जुननरसिंह केसी पनि हुन् । उनलाई काठमाडौं, नुवाकोट र धादिङतिरबाट सभापतिमा उठ्नुपर्छ भन्नेहरु छन् ।

यद्यपि, पार्टीमा उनलाई गगन थापाले नै काउन्टर दिने अवस्था छ । गगन थापा यसपटक महामन्त्रीको शशक्त दावेदार हुन् । पार्टीमा कृष्ण सिटौला अर्का सभापतिका आकांक्षी हुन् । खुलेर भन्न नकसेपनि सिटौलाले भित्रभित्रै आफ्नो सञ्जाल बनाइरहेका छन् । क्षेत्रिय र जिल्लागत रुपमा उनले आफ्ना पक्षकालाई निर्देशन दिएका छन् ।

पूर्वमहामन्त्री समेत रहिसकेका सिटौलाले आफ्नो सम्पर्क कार्यालय खोलेरै सक्रियता बढाएका छन् । सभापतिका अर्का दावेदार हुन् पूर्वसहमहामन्त्री प्रकाशमान सिंह ।

“उनले भित्रभित्रै सभापतिको दावेदारी बढाइरहेका छन् । उनले कोरोना संक्रमण शुरु हुनै लाग्दा ७७ वटै जिल्लाको भ्रमण गरेर सभापतिमा उठ्ने संकेत दिएका थिए “।

अहिले उनको निवासमा साँझ विहान कार्यकर्ताहरुको भिड लाग्ने गरेको छ । उनले बर्तमान पार्टी सभापति शेरबहादुरलाई असफल सभापति भनिसकेका छन् ।

अहिले कांग्रेसभित्र कृयाशिल सदस्यता वितरणको काम धमाधम भइरहेको छ । महाधिवेशन प्रतिनिधि छानिएपछि मात्रै सबैले आ–आफ्नो दावेदारी अगाडी सार्ने रणनीति बनाएका छन् ।

अहिले नै उम्मेद्वारी सार्वजनिक गर्दा प्रतिष्पर्धीले चलखेल गर्ने ठाउँ पाउने भएकोले कसैले खुलेर बोलेका छैनन् । तर, आ–आफ्ना पक्षका नेता कार्यकर्ताबाट बोलाउने गरेका छन् ।

यति चैं होकि, कांग्रेसमा यसपटक खुलेरै देउवाको विकल्प खोजिएको छ । देउवाले पार्टीलाई रसातलमै पुर्याएको भन्दै नेताहरुले उनलाई राजनीतिबाट सन्यास नै लिनुपर्ने सम्म भनेका छन् ।

पार्टीका दोस्रो दर्जाका नेताहरुले भने जो आएपनि विपीको सिद्धान्तलाई संरक्षण गरेर लैजानु पर्नेमा छन् । कांग्रेस पार्टी पत्तासाफ हुनुमा विपीको सिद्धान्त र लिगेसी कुल्चिएकाले हो भन्नेहरु छन् ।@मकालु खबर

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑