साउन, काठमाडौं । राजधानीको ट्राफिक व्यवस्पान गर्दै आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको बग्गीखानास्थित हेडक्वाटर सिल गरिएको छ । उक्त हेडक्वाटरमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि आजदेखि सिल गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
सो महाशाखामा कार्यरत दुई ट्राफिक प्रहरीमा कोरोना देखिएपछि त्यहाँ कार्यरत दर्जनौं ट्राफिक प्रहरीहरुको स्वाव परिक्षण गर्ने क्रम जारी राख्दै सिल गरिएको हो । अन्य कति ट्राफिक प्रहरीमा कोरोना भाइरसको संक्रमण छ भन्ने एकिन गर्न थप परिक्षणहरु भइरहेको महाशाखाले जनाएको छ ।
ट्राफिक प्रहरी महाशाखामा कार्यत ३०० जना ट्राफिक प्रहरीलाई क्वारेन्टाईनमा राखिएको छ । उनीहरु सबैको स्वाव संकलन गरी परिक्षण गर्ने क्रम भइरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम प्रसाद ढकालले बताए । राजधानी काठमाडौंमा एक हजार पाँच सय ४५ जना ट्राफिक प्रहरीहरु कार्यरत छन् ।
सडकमा ट्राफिक व्यवस्थापनमा खटिने ट्राफिक प्रहरीहरु नै कोरोनाबाट संक्रमित हुन थालेपछि राजधानी काठमाडौंका सडकमा यात्रा गर्न समेत जोखिम बढेको महसुस गरिएको छ । यसअघि नेपाल प्रहरीको हेडक्वाटरमा कार्यरत ७२ जना प्रहरीमा कोरोना पुष्टि भईसकेको छ ।
प्रतिक्रिया दिनुहोस