• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भैंसेपाटीमा रामकुमारीहरु भिड्दा

July 30, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भैंसेपाटीमा रामकुमारीहरु भिड्दा


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

आज बिहान भैंसेपाटी पुगेका युवा साँसदहरु जंगिए, ‘लास्टमा आएर फेरि तिनै मान्छे बोकेर हिँड्ने ? तपाईंलाई लाज लाग्दैन ? के गर्नुभएको यो ?’

उनीहरुले जवाफ पाए, ‘मलाई माधव बोक्नुछैन,प्रचण्ड बोक्नु छैन,केपी पनि बोक्नु परेको होइन । पार्टी त बोक्नुपर्यो नि ! सबैले एक–एकवटा नेता बोक्दै हिँडेपछि पार्टी कसरी जोगिन्छ ? आन्दोलन कसरी जोगिन्छ ?’ तर,उनीहरुले आफ्नो नेतासङ्ग प्रतिवाद गरिरहे, ‘तपाईं तुरुन्तै यो कदमबाट फिर्ता हुनुस् । यो हुँदै भएन । यस्तो पनि गर्ने हो ?’ ०५४ को विभाजनकालमा मालेको सहयात्री बनेका र अहिले माधव नेपाल पक्षमा लागेका युवाहरु बुधबार बिहान भैंसेपाटी पुगेर नेकपा उपाध्यक्ष वामदेव गौतमसँग यसरी असन्तुष्टि पोख्दै थिए ।

फेरि युवाहरुको पंक्तिबाट आपत्ति शुरु भयो, ‘खुब गर्नुभयो तपाईंले पार्टी जोगाउन । कसले पत्याएका छन्, वामदेवले पार्टी जोगाउन यसो गर्यो भनेर ? सबैले केपी ओलीसँग त्वं शरणम् गर्यो भनेका छन् । हो पनि त्यही ।’

ठाकुर गैरे,डा.दीपकप्रकाश भट्ट,रविन कोइराला,जीवनराम श्रेष्ठ,सुरेन्द्र मानन्धर,रामकुमारी झाँक्रीहरुको यो समूहमा सबभन्दा बढी रामकुमारीले चित्त दुखाइन् ।
ठाकुरले स्थिर रुपमा एउटा धारमा हिँडेदेखि आफूहरु वामदेवलाई जीवनभर बोक्न तयार भएको सुनाए ।

डा.दीपकप्रकाश भट्टले हिजोको राष्ट्रवादी धारको सक्कली प्रतिनिधित्व गर्ने मान्छे आज समय परिस्थितिको चेपुवामा परेर राष्ट्रवादी हुन आएका मान्छेहरुसँग मिसिँदा हिजोको गौरव धुमिल हुने स्थिति आएको बताए । तर,वामदेवले उनीहरुका कुरामा सहमति जनाउनुभएन । र,पटकपटक टेबुल ठोक्नुभयो ।

भन्नुभयो, ‘मेरो प्रस्तावमा प्रचण्डलाई सम्पूर्ण कार्यकारी अधिकारसहितको अध्यक्ष बनाऔँ भन्ने कुरा छ । त्यो कुरा केपीलाई मन परेन । अब के म फेरि यो कुरा केपीलाई मन परेन भनेर सच्याउँदै हिँडौँ ? हुँदैन, त्यस्तो मबाट कदापि हुँदैन ।

१ नम्बर बुँदा केपीको लागि हो भने,अरु पाँच बुँदा यतैको लागि हो । नेताहरुको व्यवस्थापनभन्दा बढी पार्टीको व्यवस्थापन, यो आन्दोलनको व्यवस्थापन मुख्य कुरा हो । तपाईंहरु पनि गुटबन्दी गरेर नहिँड्नुस्,म पनि हिँड्दिनँ ।’ उहाँले ‘मैले पार्टी अध्यक्ष,सँसदीय दलको नेता,प्रधानमन्त्री बनाउनेदेखि आजसम्म पटकपटक ओलीलाई बोकेर ब्लण्डर गरेँ तर अहिलेको अवस्था भनेको यो पार्टी जोगाउने कि नजोगाउने भन्ने हो ।

उनले एक थान कुर्सीमा टाँसिइ रहने लोभमा पार्टी फुटाउन लागेको बेला राष्ट्रवादी र राष्ट्रघातीको हिसाब गरेर हुँदैन । अहिले विधि,पद्दतिमात्रै भनेर पनि हुने स्थिति छैन । अहिले जसरी हुन्छ पार्टी जोगाउने,त्यसपछि अरु कुरा गर्ने…’ भन्दै आफ्नो कुरा राख्न खोज्दै हुनुहुन्थ्यो । फेरि युवाहरुको पंक्तिबाट आपत्ति शुरु भयो, ‘खुब गर्नुभयो तपाईंले पार्टी जोगाउन । कसले पत्याएका छन्, वामदेवले पार्टी जोगाउन यसो गर्यो भनेर ? सबैले केपी ओलीसँग त्वं शरणम् गर्यो भनेका छन् । हो पनि त्यही ।’

वामदेवले भन्नुभयो, ‘भो–भो, केन्द्रीय कमिटीमा झण्डै दुई तिहाइ तपाइँहरुसङ्ग छ,तपाईंहरुलाई जे लाग्छ, त्यहीअनुसार चल्नुस् । मलाई यही लाग्यो,मैले यही गरे ।’
फेरि अर्का युवाले आपत्ति जनाए, ‘गर्नुचाहिँ के भयो त कमरेड ? पटक पटक तपाईंलाई लात मार्ने उनै केपी ओलीलाई बोकेर फेरि अर्को लात खान तयार हुनुभयो हैन ? हामी त तपाईंले पटक–पटक लात खान नपरोस् भनेर चाहना गर्ने,कामना गर्ने कार्यकर्ता हौँ । हाम्रो पनि त कुराको कदर गर्नुस् ।’

अनि,वामदेवले निश्कर्षमा भन्नुभयो, ‘लात खाए पनि,बात खाए पनि खाऔँला । तर,मुख्य शर्त  भनेको केपीको सनकमा पार्टी फुट्न नदिने हो । म पार्टी जोगाउने कुराको चिन्ता गरेर यो ६ बुँदे प्रस्ताव तयार पार्न तम्सिएको छु । यसमा अडिग छु । यदि केपीले केही गरी पार्टी फुटाए भने म उनको साथमा पनि हुने छैन ।”@Janaaasta Saptahik

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑