साउन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल संघ, प्रदेश र स्थानीय तहमा सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखलाई निजी स्वास्थ्य संस्थामा काम नगर्न परिपत्र गरेको छ।
मन्त्रालयले प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका व्यक्तिले निजी स्वास्थ्य संस्थामा अभ्यास गर्न पूर्व स्वीकृति लिएको भए सो स्वीकृति स्वतः खारेज हुने समेत स्पष्ट पारेको छ।
स्वास्थ्य मन्त्री भानुभक्त ढकालले साउन ९ गते गरेको मन्त्रीस्तरीय निर्णय अनुसार स्वास्थ्य मन्त्रालय र अन्तर्गतका सबै निकाय, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सबै स्थानीय तहलाई यो परिपत्र गरिएको हो।
त्यसैगरी सरकारी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले आफू कार्यरत संस्थाको नाम निजी क्लिनिक तथा अस्पतालमा लेख्न नपाइने पनि परिपत्रमा उल्लेख छ।आर्थिक वर्ष ०७७/७८ को वार्षिक बजेट कार्यक्रममा ‘एक चिकित्सक एक स्वास्थ्य संस्थाको व्यवस्था सुरु गरिनेछ,’ भन्ने बुँदा उल्लेख छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस