साउन, झापा- कोरोना भाइरस सङ्क्रमण बढ्दै र समुदायमा पनि सङ्क्रमण देखिएको परिस्थितिमा पूर्वाञ्चल विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरू स्थगित गरिएको छ।
विश्वविद्यालयका सम्पूर्ण परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको परीक्षा नियन्त्रक प्रा.डा.सूर्यप्रसाद संग्रौलाद्वारा जारी सूचनामा जनाइएको छ।
देशमा जारी लकडाउन खुलेको अवस्थामा विश्वविद्यालयले भदौ महिनाको पहिलो सातादेखि परीक्षा सञ्चालन गर्ने सूचना जारी गरेको थियो।
तर देशका विभिन्न स्थानमा कोरोना भाइरसको सङ्क्रमण देखिएको र धेरै स्थानमा निषेधाज्ञा जारी गरिएको अवस्थामा परीक्षा सञ्चालन गर्न नसकिने विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयको निष्कर्ष छ।
स्थिति सामान्य भएपछि मात्र परीक्षाका तालिका प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस