वन मन्त्रालयको भ्रामक र गलत प्रतिवेदन प्रति माडी नगरपालिकाको गम्भीर आपत्ती : मेयर ढकाल
२०७७ श्रावण १२, सोमबार मा प्रकाशित अनुमानित पढ्ने समय : १३ मिनेट
हेल्लो चितवन अन्लाईन्(४ साल अघि)
साउन, चितवन । निकुञ्ज प्रशासनले कुसुमखोलाका सुकुम्बासीहरुको घरटहरामा आगजनी गरेकोमा वन मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन प्रति माडी नगरपालिकाको गम्भीर आपत्ती जनाएको छ । निकुञ्ज प्रशासनद्धारा सुकुम्बासीहरुको घरटहरामा गरिएको आगजनीको घटनााको तत्कालै संसदीय छानबिन समिति गठन गरी स्थलगत अध्ययन मार्फत छानबिन गर्न माडी नगरपालिकाले आग्रह गरेको छ ।
कुसुमखोलाका सुकुम्बासी चेपाङहरुको घरमा आगजनी तथा क्षति गरेको घटनाको छानबिनमा आएका टोलीले मन्त्रालयमा पेश गरेको प्रतिवेदन तथ्यपरक नभएको बताउदैँ त्यसप्रति माडी नगरपालिकाले गम्भीर ध्यानकर्षण भएको जनाएको छ ।
नगर प्रमुख ठाकुर प्रसाद ढकालद्धारा हस्ताक्षरित एक बिज्ञप्ती जारी गर्दै निकुञ्ज प्रशासनले सुकुम्बासीहरुको घरटहरामा आगजनी गरेकोमा मचानमा आगो लगाएको भनि दिएको प्रतिवेदनले नेपालको संविधानले प्रदत्त गरेको नागरिकको देशको जुनकुनै ठाँउमा बस्न पाउने हकको हनन भएको जनाएको छ । यस्तै, यस घटनाका बिषयमा पेश गरिएका प्रतिवेदनले नागरिक अधिकारको ठाडो उल्लघंन र उपहास भएको जारी बिज्ञप्तीमा उल्लेख छ ।
पैदल जान समेत सकस पर्ने कुसुमखोलाको बिकट स्थानलाई सुविधा सम्पन्न स्थानमा अतिक्रमण भएको भनेर गरिएको भ्रामक र गलत प्रतिवेदनको समेत नगरपालिकाले खण्डन गरेको छ । यस्तै,विभिन्न मिडियाले चेपाङ बस्ती बसाल्न माडी नगरपालिकाकै संग्लनतामा वन फडानी भएको भनि गरेको भ्रामक प्रचार राजनैतिक पुर्वाग्रह राखी वास्तविक घटनालाई तोडमोड गरिएकोमा नगरपालिकाले खेद प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस