साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेतृत्व मागेर नपाइने बताउनुभएको छ । आफूले पार्टीभित्र निरन्तर साढे २ दशक संघर्ष गरेपछि मात्रै सभापति भएको स्मरण गर्दै देउवाले ‘पार्टी भित्र आफूलाई च्यालेन्ज’ महसुस नभएको बताउनुभएको हो ।
केहीदिन अघि नेपाली कांग्रेसको कोभिड १९ अनुगमन समिति र केही युवा नेताहरुसंगको भेटमा देउवाले सभापतिबाट आफूलाई हटाउन चाहनेले च्यालेन्ज गरेर कार्यकर्ताको मन जित्नुपर्ने बताउनुभएको हो । ‘मैले सभापति त्यसै पाएको होइन । गिरिजाबाबु जस्तो नेतासंग निरन्तर च्यालेन्ज गरेर कायकर्ता रिझाएर पाएको हो । मसंग सभापति खोस्नेले पनि च्यालेन्ज गर्नुपर्यो, मागेर नेतृत्व हस्तान्तरण हुँदैन ।’, सभापति देउवाको भनाइृ छ ।
भेटमा सहभागि एक युवा नेताले सभापति देउवाको भनाई स्वभाविक भएको बताए । पार्टीभित्र देउवाको आलोचना हुनेगरेपनि विकल्पसहित कोही नआएकोले देउवालाई चुनौतीको महसुस भएको छैन । ‘पार्टीभित्र प्रतिस्पर्धाबाटै नेतृत्व फेरिने हो । सभापति देउवालाई फेर्न चाहनेले विधिअनुसार नै चुनौती दिनुपर्छ भन्ने कुरा अन्यथा होइन ।’। ती नेताले भने ।@अर्थ पूर्ण
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस