• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कक्षा ११ को परीक्षामा डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने

July 23, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
कक्षा ११ को परीक्षामा डी प्लस ल्याउनेले मात्र १२ को फारम भर्न पाउने


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

विद्यालयले आगामी वर्षको कक्षा १२ को फारम भर्नुअघि कक्षा ११ को परीक्षा लिएर एक प्रति बोर्डमा पठाउनुपर्ने

साउन , काठमाडौँ । कक्षा ११ मा हरेक विषयमा न्यूनतम ‘डी प्लस’ ल्याउनेले मात्र कक्षा १२ को परीक्षा फारम भर्न पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार पारित गरेको कार्यविधिमा विद्यालयले कक्षा ११ को मूल्यांकन गर्ने र मूल्यांकनमा न्यूनतम डी प्लस ल्याएकाले मात्र कक्षा १२ को फारम भर्न पाउने उल्लेख छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले विद्यालयले आफ्नोअनुकूलमा परीक्षा लिएर विद्यार्थीको मूल्यांकन गर्ने गरी कार्यविधि पारित भएको बताए । ‘पाठ्यक्रमले तोकेको आधार पूरा हुने गरी विद्यालयले परीक्षा लिने र एक कपी परीक्षा बोर्डमा पठाउनुपर्नेछ,’ अध्यक्ष पौडेलले भने, ‘कक्षा १२ को आगामी वर्षको परीक्षा फारम भर्न ११ मा न्यूनतम डी प्लस ल्याएको हुनुपर्छ ।’ कक्षा ११ मा डी प्लस नल्याएका विद्यार्थीको १२ को परीक्षा फारम बोर्डले नबुझ्ने व्यवस्था गरेको बताए ।

बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कार्यविधिले कक्षा ११ को परीक्षाको जवाफदेही विद्यालयलाई गराएको बताए । आवश्यकताअनुसार बोर्डले अनुगमन गर्न सक्ने शर्माले बताए । विद्यार्थीलाई आफ्नो नतिजामा चित्त नबुझेमा रिटोटलिङ, रिचेकिङ गर्न पाउनेछन् । विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा रहेको परीक्षा मूल्यांकन समिति रहने र विद्यार्थीले आफ्नो नतिजा चित्त नबुझाएमा बोर्डमा जस्तै गरी प्रक्रिया अपनाउन सक्ने व्यवस्था गरेको छ । विद्यालयको परीक्षा मूल्यांकन समितिले आवश्यक ठानेमा ग्रेड वृद्धि परीक्षासमेत लिन पाउने व्यवस्था छ । रिटोटलिङ तथा ग्रेड वृद्धि सबैको नतिजा कक्षा १२ को परीक्षा फारम भर्नुभन्दा पहिले नै बोर्डमा पठाउनुपर्ने व्यवस्था छ । कक्षा ११ मा पढेका विषय नै कक्षा १२ मा पढ्नुपर्ने व्यवस्था छ ।

कोभिड– १९ का कारण असामान्य परिस्थिति भएपछि यसअघि तय भएको परीक्षा स्थगित भएको थियो । कक्षा ११ र १२ मा करिब नौ लाख ६४ हजारले परीक्षा फारम भरेका थिए । कक्षा ११ मा पाँच लाख ३२ हजारभन्दा बढीले परीक्षा आवेदन भरेका छन् । कक्षा १२ मा चार लाख ३१ हजारभन्दा बढी परीक्षार्थी छन् । कक्षा १२ मा भने अनुकूल समयमा परीक्षा लिने तयारी छ ।

यो वर्षका आंशिक विद्यार्थीको प्रमाणीकरण बोर्डले गर्ने  

यो वर्षका लागि आंशिक विद्यार्थीको प्रमाणीकरण बोर्ड नै गर्ने भएको छ । पुराना विद्यार्थी भएकाले विद्यालयले नै मूल्यांकन गरी त्यसको नम्बर गर्ने बोर्डमा पठाउने र प्रमाणीकरण बोर्डले गर्ने व्यवस्था छ । नियमित विद्यार्थीको प्रमाणीकरण विद्यालयले नै गर्नेछन् ।

कक्षा ११ को परीक्षा अब सधैँ विद्यालयबाटै हुने
कक्षा ११ को परीक्षा अब सधैँभरिका लागि विद्यालयबाटै हुने भएको छ । शिक्षामन्त्री अध्यक्ष रहने राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले केही समयअघि कक्षा ११ को परीक्षा अब निरन्तर रूपमा विद्यालयबाटै सञ्चालन हुने निर्णय गरेको हो । परिषद्ले निर्णय गरी आन्तरिक मूल्यांकनका लागि राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मा दिएको छ । राष्ट्रिय परीक्षा बोर्डले कार्यविधि निर्माणको काम सुरु गरेको थियो । कोभिड– १९ का कारण उत्पन्न भएको परिस्थितिका कारण यसअघि सरकारले माध्यमिक शिक्षा परीक्षा (एसइई)को विद्यालयले आन्तरिक मूल्यांकन गर्ने र जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइबाट प्रमाणीकरण भएर राष्ट्रिय परीक्षाबोर्डले ग्रेडसिट जारी गर्ने निर्णयअनुसार काम भइरहेको छ ।

अब कक्षा १२ को मूल्यांकनको मात्रै बोर्डबाट ग्रेडसिट पाउने
अब कक्षा १२ को अब एउटा कक्षाको मूल्यांनका आधारमा मात्र बोर्डबाट ग्रेडसिट पाउने भएका छन् । अहिलेसम्म कक्षा ११ र १२ को संयुक्त रूपमा एक हजार पूर्णांकको ग्रेडसिट पाउँदै आएका थिए । यो वर्ष पाँच सय पूर्णांकको पाउनेछन् । नयाँ पाठ्यक्रम कार्यान्वयन भएपछि ६ सय पूर्णांकको ग्रेड सिट हुने छ । सरकारले ०७७ देखि कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिरहेको छ ।

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑