निकुञ्जले विकासमा अवरोध पुर्याउन नछाडे ४० हजार माडीबासीहरुको साथमा सडक आन्दोलन गर्ने चेतावनी : नगरप्रमुख माडी
२०७७ श्रावण ८, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ११ मिनेट
हेल्लो चितवन अन्लाईन्(३ साल अघि)
साउन, चितवन । माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले निकुञ्जद्वारा माडीको विकासमा अवरोध हुन नछाडे ४० हजार माडीबासीहरुको साथ लिएर सडक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।
स्वदेश एफ.एम.को बहसमुलक कार्यक्रम आजको सन्दर्भमा कुराकानी गर्दै नगरप्रमुख ढकालले निकुञ्जको कारण माडी नगरपालिकाद्वारा सञ्चालित योजना एवं कार्यक्रमहरु रोकिनुपरे सडक आन्दोलनमा उत्रने चेतावनी दिनुभएको हो । आन्दोलनमा साथ दिन उहाँले सम्पूर्ण माडीबासीहरुमा आग्रह समेत गर्नुभयो ।
त्यसैगरी उहाँले कुसुमखोला घटनामा मुख्य जिम्मेवार व्यक्ति रहेको भन्दै चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत भोजराज पन्तलाई कडा कानुनी कारवाहीको माग समेत गर्नुभयो । कुसुमखोलामा अझै बाँकी रहेका सुकुम्बासीहरुलाई माडी नगरपालिका वडा नं. ७, ८ र ९ का नमुना चेपाङ बस्तीहरुमै बाँडेर स्थायी आवास निर्माण गरी राख्ने योजना रहेको उहाँको भनाई थियो ।
एक फरक प्रशंगमा कुसुमखोलाका चेपाङहरुलाई घर बनाइँदिदा केहि माडीबासीहरुले निकुञ्जका शुभचिन्तक भन्दै बेनामे उजुरी हाल्ने काम गरी दुःख दिएको उहाँले खुलासा गर्नुभयो । यसप्रकारका निकृष्ट काम गर्ने केहि माडीबासीहरु आफ्नो नीजि स्वार्थको कारण निकुञ्जको पछि लागेको उहाँको आरोप थियो ।@स्वदेश एफ.एम.
प्रतिक्रिया दिनुहोस