• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Wed, 12, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कम्युनिस्ट भनेका झुठको खेती गर्ने हुन्, वीपी र कांग्रेस जस्तो इमान्दार हुनुपर्छः डा.महत

July 21, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
कम्युनिस्ट भनेका झुठको खेती गर्ने हुन्, वीपी र कांग्रेस जस्तो इमान्दार हुनुपर्छः डा.महत


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

साउन, काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले वीपी कोइरालाले प्रजातन्त्र स्थापना, राष्ट्रियता र समाजवादका पक्षमा देखाएको मार्ग अहिले पनि सान्दर्भिक रहेको बताएका छन् ।

नेपाल विद्यार्थी संघ (नेविसंघ) केन्द्रीय कार्यसमितिद्वारा ३८औँ वीपी स्मृति दिवसको अवसरमा काठमाडौंको सुन्दरीजलमा मंगलबार आयोजित वृक्षारोपण कार्यक्रममा डा.महतले वीपीको मार्गदर्शनलाई कांग्रेसले आत्मसात गर्नुपर्ने बताए ।

‘नेपालमा लोकतन्त्रको जग बसाल्ने काम वीपी कोइरालाले गर्नुभएको हो’, उनले भने, ‘नेपालमा लोकतान्त्रिक पद्धतिको शुरुआतका लागि वीपीले पुर्‍याउनु भएको योगदानलाई कहिल्यै बिर्सनु हुँदैन ।’

डा.महतले राणाको जहानीयाँ शासनको अन्त्य गरी प्रजातन्त्रको उदयका लागि वीपी कोइरालाले निर्वाह गरेको भूमिकालाई राष्ट्रले सदैव सम्झिरहनुपर्ने बताए । उनले वीपी कोइराला एकयुगमा एकजनामात्र जन्मिने युगपुरुष भएको बताए ।

‘वीपीजस्ता महापुरुषहरूका विचार सधैँ अमर हुने भएकाले हामीले त्यसलाई अनुशरण गरी अघि बढ्नुपर्छ’, डा.महतले भने, ‘कांग्रेसका कार्यकर्ताहरूले आफू वीपी जस्तो प्रजातन्त्रवादी नेताका अनुयायी भएर रहनका लागि उहाँका आदर्शहरूको पालना गर्नुपर्छ ।

वीपी जहिले पनि सत्यको पक्षमा रहेको भन्दै उनले राष्ट्रियता र प्रजातन्त्रको पक्षमा मात्र उभिएको बताए ।

‘वीपी कोइराला अहिलेको सरकारले जस्तो तथाकथित आफ्नामात्र एजेण्डा र सस्तो लोकप्रियतामा कहिल्यै विश्वास गर्नुभएन’, उनले भने, ‘देश र जनताको हितमा जे हुन्छ सधैँ त्यसको मात्र पक्षमा लाग्नुभयो ।’

वीपीको संगतमा आफू रहेका बेलाको स्मरण गर्दै उनले भने, ‘वीपी कोइरालाले देश र जनतालाई केले हित गर्छ ? कसरी राष्ट्रियता बलियो हुन्छ ? भन्ने कुरामा मात्र उहाँले ध्यान दिनुहुन्थ्यो ।’

‘कहिले काहीँ उहाँका विचारप्रति कांग्रेसका कार्यकर्ताहरूले नै सवाल जवाफ गर्थे तर, पनि उहाँले सबैका कुरा सुनेर, सबैलाई शान्त पार्नुहुन्थ्यो’, उनले भने, ‘सत्यको पक्षमा आफू एक्लो बृहस्पती भएर पनि रहन सक्ने अडान लिनुहुन्थ्यो ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले भने, ‘त्यसैले त उहाँलाई त्यसबेला कस्ता कस्ता गाली दिनेहरूले पनि अहिले आएर एकजना राष्ट्रवादी नेताका रुपमा सम्मान गर्छन् ।’

वर्तमान सरकार र नेकपाका क्रियाकलापसँग तुलना गर्दै डा.महतले भने, ‘अहिलेको सरकार र कम्युनिष्टहरू झुठो प्रचार गर्छन्, आफू अनुकुलका एजेण्डा सेट गर्छन् । सारा मिडियाको दुरुपयोग गरेर कांग्रेसविरुद्धमा प्रचार गर्छन् ।’

वीपी कोइरालाको महान आदर्श र उहाँको राष्ट्रवादको सोँच र परिभाषाका अगाडि अहिलेको सरकारले अलाप्ने गरेको राष्ट्रवाद नक्कली भएको सह–महामन्त्री डा.महतले बताएका छन् ।

अहिले सरकारले समृद्धिको नारामात्र लगाएको भन्दै उनले त्यस बेला नै वीपी कोइरालाले देशलाई समृद्ध बनाउने कामै थालेको बताए । उनले भने, ‘नेपाल कसरी समृद्ध हुन्छ भन्ने खाका कोर्नुभएको यथार्थ सबै नेपाली नागरिकमा जगजाहेर नै छ ।’

वीपी कोइरालाको अभाव पूर्ति गर्नका लागि नेपाली कांग्रेसको सामूहिक बल आवश्यक रहेको उनले बताए ।

वीपीको विचारलाई अघि लाएर कुनै पनि व्यक्ति नभएर पार्टी र विचार ठूलो हो भन्ने आम धारणाका साथ अगाडि बढ्न सक्यौँ भने त्यसले वीपीप्रति सच्चा सम्मान हुने उनले बताए ।

कम्युनिस्ट सरकारले कानूनी शासनको खिल्ली उडाएको भन्दै डा.महतले भने, ‘महामारीको समयमा पनि जनतालाई न्याय गर्न सकेको छैन, देश यस्तो संकटमा फसेका बेला सत्ताधारी दलका नेताहरू आफ्नै पद र शक्तिका लागि झगडामा तल्लीन छन् ।’

अझै पनि कम्युनिस्ट सरकारले समृद्धिको सपना बाँड्न नछोडेको आरोप कांग्रेसका सह–महामन्त्री डा.महतले लगाएका छन् ।

‘सरकारले केवल भोट बटुल्नका लागि जसरी निर्वाचनका बेलामा आश्वासनका पोकाहरू बाँडेको थियो, अहिले पनि उ सपनामै छ’, उनले भने, ‘कम्युनिस्टहरू उठेका छैनन्, अब यो सरकारले जनताको पक्षमा काम गर्न सक्दैन ।’

नेपाली जनताको समस्या र आवश्कताको अगुवाई गर्ने पार्टी कांग्रेस मात्रै भएको उनले बताए ।

डा.महतले यतिखेर देशको कुनाकाप्चाका नेपाली जनताले कांग्रेसलाई सम्झिरहेकाले पार्टीलाई नयाँ शैली र उर्जाका साथ अगाडि बढाउन कम्युनिष्टको दुष्प्रचारका विरुद्ध जाइलाग्न सबै कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् ।

उनले भने, ‘हामी जनताका साथ गाउँगाउँ जाउँ र अहिलेको कम्युनिष्ट सरकारले गर्ने गरेको प्रोपोगाण्डालाई मात्र सुनेर दृष्टिकोण नबनाउन आग्रह गरौँ, जनतालाई कुरा बुझाउँ, हामीले पनि आफ्ना कुरा राखौँ र उनीहरूको झुठ प्रचारको सशक्त रुपमा विरोध गरौँ ।’ @Republicadainik

बाट थप

  • कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थितिकुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति
  • इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइतेइच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते
  • यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कमयस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम
  • आज मिति २०८२ साल कार्तिक २६ गते बुधबारआज मिति २०८२ साल कार्तिक २६ गते बुधबार
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    भरतपुरको गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम ४० प्रतिशत, त्रिविको विकल्प बन्ने सम्भावना

    समाचार
    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा डाक्टर र इञ्जिनियरको प्रभावशाली उपस्थिति

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    इच्छाकामनामा बलेरो दुर्घटना, एकको मृत्यु र दुई घाइते

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    यस वर्षको मनसुनः औसतभन्दा बढी वर्षा, तर गत वर्षभन्दा जनधनको क्षति कम

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आज मिति २०८२ साल कार्तिक २६ गते बुधबार

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑