जेठ, काठमाडौँ । नेपालमा शुक्रबार थप २७८ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार सुनसरीका २१, झापाका ३१, मोरङका ६, अर्घाखाँचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका २, बाराका ३, तनहुँका २, भोजपुरका ५, कैलालीका ४, अछामका १,बझाङका १, डढेलधुराका ५, रामेछापका १८, काभ्रेका ५, दैलेखका ९०, गोर्खाका १, सुर्खेतका १,दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४,कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ जना संक्रमित थपिएका हुन्।
आज संक्रमित भएकामध्ये २६७ जना पुरुष र ११ जना महिला छन्। यस्तै संक्रमित जिल्ला पनि ६८ पुगेको छ। गोर्खा, काँस्की र हुम्लामा पहिलो पटक संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या २ हजार ९ सय १२ पुगेको छ। तीमध्य २७१७ जना पुरुष छन् भने १९५ महिला छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस