• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

दबाब थेग्न नसकेपछि महानिर्देशक श्रेष्ठको १५ सातामै सरुवा गर्न स्वास्थ्य मन्त्री ढकाल बाध्य

June 4, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
दबाब थेग्न नसकेपछि महानिर्देशक श्रेष्ठको १५ सातामै सरुवा गर्न स्वास्थ्य मन्त्री ढकाल बाध्य

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, काठमाडौँ।  मागअनुसार समयमै कोरोना भाइरस संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि अत्यावश्यक सामग्री व्यवस्थापनमा असक्षमतासँगै त्यसको खरिदमा अनियमितताको आरोप लागेपछि स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठको १५ सातामै सरुवा गरिएको छ।

आफू निकट मानिए पनि स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले दबाब थेग्न नसकेपछि बिहीबार श्रेष्ठलाई मन्त्रालय तानेर उनको ठाउँमा लामो समयदेखि मन्त्रालयका विभिन्न महाशाखाको प्रमुखरुपमा काम गर्दै आएका डा. दिपेन्द्ररमण सिंहलाई पठाएका हुन्।

मन्त्रालय उच्च स्रोतकाअनुसार कोरोना भाइरस संक्रमण तिब्र रुपले फैलिने आकंलन भइहरेका बेला श्रेष्ठको छबी विवादास्पद बन्न पुगेको थियो।

गत वर्ष चैतमा विवादस्पद कम्पनी ओम्नी इन्टरनेशलसँग स्वास्थ्य सामग्री खरीदमा भएको भ्रष्टाचार र अनियमिततामा मुछिएका श्रेष्ठ अन्ततः मन्त्रालय तानिएका हुन्।

‘श्रेष्ठ मन्त्रीका प्रिय पात्र थिए। उनलै श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेका हुन्। मुलुकभर कोराना फैलिएसँगै त्यसको उपचार र परीक्षणका लागि अत्यावश्यक सामग्रीकाे माग बढ्दै  थियो। तर श्रेष्ठले त्यसको व्यवस्थापन गर्न नसकेको भन्दै मन्त्री आफैले उनको सरुवा गरेका हुन्,’मन्त्रालयको उच्च स्रोतले भन्यो।

योसँगै विवादस्पद छवी बनाएका श्रेष्ठलाई स्वास्थ्य सेवा विभागका महानिर्देशकमा नियुक्त गरेर गल्ती गरेका मन्त्री ढकालले अन्ततः त्यसलाई सच्याएनन् मात्रै आफ्नै छवी पनि बचाएका छन्।

नेतृत्व र व्यवस्थापनमा असक्षम मानिएपनि राजनीतिक आडमा महत्वपूर्ण मानिएको मन्त्रालयको अन्तर्राष्ट्रिय समन्वय महाशाखाका प्रमुख बन्न पुगेका श्रेष्ठलाई गत वर्ष फागनु १७ गते मन्त्री ढकालले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा नियुक्त गरेका थिए।

मन्त्री ढकालले महानिर्देशक बनाउन श्रेष्ठलाई ११ औँ तहबाट १२ तहमा बढुवा समेत गर्न भ्याएका थिए।

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा चिकित्सक नियुक्त गर्ने पूर्वअभ्यासलाई तोड्दै मन्त्री ढकालले  श्रेष्ठलाई महानिर्देशकमा नियुक्त गरेपछि  विवाद चुलिएको थियो। मन्त्री ढकालका लागि श्रेष्ठलाई मन्त्रालय तान्ने त्यो पनि बहाना बनेको छ।

श्रेष्ठ महानिर्देशकमा नियुक्त भएलगत्तै नेपाल चिकित्सक महासंघले विरोध गरेपनि आफ्नो निर्णयबाट पछि नहटेका मन्त्री ढकालले हाल आएर श्रेष्ठको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उनलाई मन्त्रालय तानेका हुन्।

श्रेष्ठलाई उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ संकट व्यवस्थापन संञ्ञ्चालन केन्द्र (सीसीएमसी)मा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि तोकिएको छ।

अनुभवी र राम्रो काम गरिरहेका भनिएका तत्कालिन विभागका महानिर्देशक डा. रोशन पोखरेललाई मन्त्रालय तानेर मन्त्री ढकालले श्रेष्ठलाई विभागको महानिर्देशकमा लैजाने बाटो खोलेका थिए।

तर अहिले महानिर्देशक नियुक्त भएका डा. सिंहसँग पनि जटिल दायित्वको व्यवस्थापनमा आवश्यक अनुभव नभएको श्रोतले बतायो।

स्रोत भन्छ,‘ डा. पोखरेलसँग मेडिकल सुपरीटेन्डेन्टका रुपमा काम गरेको, स्वास्थ्य सेवा विभागको महानिर्देशक भएर काम गरेको अनुभव डा. पोखरेलसँग भएपनि उनलाई बेवास्ता गरेर मन्त्रीले डा. सिंहलाई महानिर्देशकमा नियुक्त गरेका छन्।’

यता स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक भोगेन्द्र डोटेल भने बलीको बोको बन्न पुगेका छन्।

स्वास्थ्य सेवा विभाग अन्तर्गतका विभिन्न महाशाखा र जिल्लामा समेत रहेर राम्रो काम गरेका डोटेललाई पनि समयमै स्वास्थ्य सामग्री व्यवस्थापन गर्न नसकेको आरोप  लगाउँदै मन्त्रालय तानिएको छ।  उनले स्वास्थ्य सामग्री व्यवस्थापनका लागि अहोरात्र खटिएर काम गरेकाे महाशाखाका कर्मचारी बताउँछन्।

डोटेलको ठाउँमा यसअघि सोही महाशाखा र सुक्रराज ट्रपकिल तथा सरुवा रोग अस्पतालको निर्देशकको रुपमा काम गरेका डा. रमेश खरेललाई लगिएको छ। डा. खरेल पनि व्यवस्थापमा सक्षम नमानिने स्वास्थ्य मन्त्रालयका अधिकारीहरु बताउँछन्।

उता मन्त्री ढकालले आफ्नो निजी स्वार्थ पूर्तिका लागि प्रसूति गृहका निर्देशक डा. जागेश्वर गौतमलाई मन्त्रालय तानेका छन्।  स्वास्थ्यमन्त्री खगराज अधिकारीको पालामा पनि गौतम मन्त्रालय आएर काम गरेका थिए।

मन्त्री ढकालले आफू निकट राजविराजमा कार्यरत डा. रञ्जित झालाई त्यहाँस्थित गजेन्द्रनाराय अस्पतालको मेडिकल सुपरीटेन्डेट बनाउनका लागि त्यहाँका मेडिकल सुपरीटेन्डेन्ट समुनलाल दासलाई विराटनगर अस्पताल सरुवा गरेका छन्।

मन्त्री ढकालले विराटनगर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट संगिता मिश्रलाई प्रसूती गृहको निर्देशकमा नियुक्त गरेका छन्।@ देश संचार

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑