जेठ, चितवन, । चितवनमा लकडाउन उल्लङ्घन गर्ने ३ हजार भन्दा बढि सवारी साधनलाई नियन्त्रणमा लिईएको छ । लकडाउनको ७०औँ दिनसम्म आईपुग्दा ३ हजार १ सय सवारी साधान नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
तर, कारबाही यो अवधिमा १ हजार १ सय ५३ वटा सवारी साधनलाई गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । सुरुवाति चरणमा लकडाउन उलङ्घन गर्नेलाई कारबाही नगरी नियन्त्रणमा लिएर मात्र छाड्ने गरेको ट्राफिकले जानकारी दिएको छ । कारबाहीमा परेका मध्ये अधिकांश मोटरसाईकल रहेका छन् ।
१ हजार ५३ मोटरसाईकल कारबाहीमा पर्दा १ सय वटा अन्य सवारी साधान मात्र कारबाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । यस्तै यो अवधिमा ट्राफिक प्रहरी कार्यालय चितवनले ८ लाख ८१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस