जेठ, चितवन । कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरिरहँदा यसको असर विकास आयोजनामा परेको छ । चितवनका निर्माणाधीन आयोजनाले गति लिन सकेका छैनन् । चितवन जिल्लामा चालुआर्थिक बर्षको बैशाख मसान्तसम्म सम्म २८ प्रतिशत मात्र विकास खर्च भएको छ ।
चालू आर्थिक बर्षका लागि विनियोजित पुँजिगत बजेटमध्ये जिल्लामा २ अर्व ३३ करोड ८० लाख रुपैयाँमा मात्र खर्च भएको छ । जिल्लामा संघ र प्रदेश तर्फबाट ८ अर्व ३५ करोड ४९ लाख ९७ हजार रुपैयाँ विकास बजेट विनियोजन भएको थियो । संघिय सरकार तर्फबाट पुँजिगत शिर्षकमा ५ अर्व ८४ करोड २८ लाख १४ हजार र प्रदेशबाट २ अर्व ५१ करोड २१ लाख रुपैयाँ विनियोजन भएको कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनले जानकारी दिएको छ ।
संघ र प्रदेश तर्फको विकास बजेट अन्तरगर्तको खर्चको तुलना गर्दा संघ तर्फको बढि भएको देखिन्छ । बैशाख मसान्तसम्म संघिय बजेटमा ३४ प्रतिशत पुँजिगत खर्च हुँदा प्रदेश तर्फको १३ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश सरकार अन्तरगर्तका कामहरु चितवनमा न्यून भएको देखिन्छ । बैशाख मसान्तसम्मको तथ्याङ्क केलाउँदा चालु र पुँजिगत तर्फको खर्च १६ प्रतिशत मात्र भएको छ । जिल्लामा प्रदेश सरकारले ३ अर्व ७३ करोड ३२ लाख ६१ रकम विनियोजन गरेको थियो ।
त्यसमध्ये ६२ करोड ९२ लाख खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुखले जानकारी दिनुभयो । यस आर्थिक बर्षका लागि जिल्लामा २० अर्व ७० करोड ९७ बजेट विनियोजन भएको थियो । त्यसमध्ये चालु बजेट अन्तरगर्त १२ अर्व ३५ करोड ४७ लाख ४९ हजार रुपैयाँ रकम विनियोजन भएको थियो ।
लकडाउनका कारण विकास खर्च हुन नसकेको कार्यालय प्रमुख भण्डारीले बताउनुभयो । “विशेष गरी नेपालमा फागुन मसान्तसम्म योजनाहरु सम्झौता भएर काम हुने गर्दथ्यो ।” उहाँले भन्नुभयो, “विकास निर्माणको कामले तिब्रता पाउने समयमा लकडाउन हुँदा विकास बजेट खर्च हुन सकेन ।” चितवन जिल्लामा अहिलेसम्म २० अर्व ७८ करोड ९० लाख ९८ हजार रुपैयाँ राजश्व संकलन समेत भएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस