• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

महामारीको प्रतिबिम्ब

May 30, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
महामारीको प्रतिबिम्ब


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, चितवन  । काठमाडौंमा कालो चियाको १५ रुपैयाँ पर्छ अचेल। यो महामारीपछि चियाको भाउ कति हुने हो थाहा छैन। तर मलाई एउटा यस्तो चिया पसल थाहा थियो, जहाँ कालो चिया दश रुपैयाँमा नै पाइन्थ्यो। म चिया पिउन धेरैजसो त्यही जान्थेँ।

चिया पसलमा खुबै देशको चर्चा चल्थ्यो। मलाई पनि दैनिक भेटिने पात्र ठानेका थिए साहुजिले। चकोर साँझमा जीवनका गफगाफ, खुबै रमाइलो क्षण बन्दथे। अब फेरि त्यस्तो दिनहरु आउदैनन्। म आज खुबै द्रविभुत भईरहेछुँ।

त्यो चिया पसलमा नियमित कैयन पात्रहरु आउथे। मेरो मनुस्मृतिमा सबैका मुहार याद त छैनन्। तर म केही भुल्न नसक्ने पात्रहरुलाई परिचय जरुरी गराउँछु।

कता छन् होला आजभोलि त्यो भाइ, जसको कपाल खैरो र ओठ छेडेका, आफूलाई कुनै नेपाली फिल्मको हिरो ठानेर हिड्ने गर्दथे। काम भने उनी बालुवा झार्थे तर आफूले गरेको कामबाट धेरै खुशी।

म उसलाई हेरेर मनमनै भन्ने गर्थे कि, सायद यी छुटेछन् कुनै बाल संगठनको अनुसूचिमा। एनजिओको आँखाले देख्न नभ्याएका पात्र। ती भाइको उमेर १५ थियो। गाउँबाट सहरमा भागेर आएको, गाउँका ठूल्ठूला दाइहरुको लहैलहैमा। उनी दिउँसभरि व्यस्त रहन्थे।

गाडी जता जान्छ त्यतै, सहचालकको काम पनि धेरै नै पर्छ नि त। तर साँझ जरुर चिया पसलमा देखा पर्दथे। न उनलाई घरको पिर न त भरको पिर। कैहिले काही भन्दथे- ‘यसैगरी जीवनभरि बिताइदिन्छु यो जिन्दगी।’

ती भाइ आजभोलि कता छन् होला? के गर्दै छन् होला? यो पृथ्वीको भार बोक्ने सिलसिलामा उनको एक भारी कतै बिसाएका त छैनन् होला? महामारीले उनको जीवनप्रतिको उर्जा सेलाएको त छैन होला?

भाइ, म तिमीलाई आज धेरै सम्झिरहेछु। तिमीलाई जीवनको शुभकामना! जहाँ छौ, जे गर्दै छौ, सबै उत्तम गर्दै छौ होला? महामारीको बाधले तिम्रा सपनाहरु नबाधुन, तिमी ठूलो भएपछि चालक जरुर बन्नु। यो समृद्धि आउदै गरेको देशमा तिम्रो गाडी सररर रेलिमाइ छनछन् गर्ने खोला भन्दै कुद्ने छ होला कुनै दिन।

अनि म त्यो गीत गाउने काकालाई कसोरी बिर्सन सक्छु कि जो नारायण गोपालका गीत नगुनगुनाई बस्न सक्दैनथे। उनी निकै अचम्मका थिए। अन्जानमा देख्नेहरु उनलाई पागल प्रेमी भन्थे। हुन पनि उनी चिया पिउने पसलमा रक्सीको ग्लास अठ्याउदै नारायण गोपालको गीत गुनगुनाइ बसेका हुन्थे। तर उनी सबैसँग कम बोल्थे।

जहिले आफ्नै धुनमा मस्त, रक्सीसँग व्यस्त। कहिले काहीँ म उनीलाई हेर्दै सोच्ने गर्दथे कि म पनि बुढेसकालमा यस्तै हुन्छु होला? उहाँ आज भोलि के गर्दै हुनुहुन्छ होला? नारायण गोपालका गीत सुनेर कहिल्यै नअघाउने काकाको धित यो महामारीको ठप्पले मारिदियो कि कुन्नि?

कुनै उपन्यासका पात्र जस्ता देखिने काकाको आजभोलि रक्सी खाने बानी छुट्यो होला। छोराछोरी सबै काममा व्यस्त, म बुढो कति घरमा एक्लै बस्नु भन्दै चिया पसलमा जम्काभेट गर्न आउने काकालाई आजभोलि छोराछोरीले खुबै स्नेह दिएका होलान्। रक्सी खाने बानी पनि छुटाए होलान्?

काका, नारायण गोपालको गीत जस्तै रहेछ हौ जिन्दगीः माया गर्नेको चोखो माया पनि देखियो, वाचा गर्नेको वाचा बन्धन पनि देखियो। जिन्दगीको दोबाटोमा हामी फेरि भेट्नेछौँ। आशा गर्दछु कि छोराछोरीले हजुरलाई धेरै समय दिउन्, र नारायण गोपालका गीतहरु सुन्दै गर्नुहोला। हामी जस्ता कच्चाहरुलाई माया पिरतिको सल्लाह दिने हजुर न त हो।

के गर्दै हुदो हुन् आजभोलि ती ठाकुर जो धेरै नै व्यस्त रहन्थे हरेक दिन जसो। तर साँझपख भने चिया पसलमा जरुर देखा पर्दथे। कपाल काट्ने ठाकुरलाई पनि गफ गर्न त कसले सक्थ्यो र? गफको तालमा उनलाई श्रीमती खोज्दै आउनु पर्थ्यो र केही बेर बुढाबुढीको झगडा देख्न पाइन्थ्यो। त्यो पनि भोजपुरी स्टाइलमा चर्काचर्की।

तर सबैभन्दा गज्जबको जोडी मेरो यो आँखाले देखेको थिएन। समाजका लागि एक उदाहरणीय जोडी हो यी दुईको। ठाकुरले दाइजो नलिइकन विवाह गरेका। आजभोलि कता छन् होला? कपाल काट्ने काम त ठप्प छ? सायद उनी आफ्नो सानासाना छोराछोरीसँग समय बिताएर रमाइलो गर्दै हुन्। तर उनको पसल त बन्द छ।

पैसा कसरी कमाउदो हुन्, हरेक दिन काम गरेर पैसा बटुलेपछि मात्रै रासन किन्न जाने उनको श्रीमतीले अचेल कसरी चुलोचौको गर्दिहुन्? जति ठूलो समस्या आइपरे पनि समाधान गर्ने जुक्ति भएका हाम्रा ठाकुरको परिवारमा महामारीले यदि समस्या ल्याएको छ भने ठाकुरले समाधान गर्ने सामर्थ्य जरुर राख्छन्।

भगवानलाई पुकार्नु पर्ने जरुरत छैन; अचेलका समाजसेवीको त झन् के कुरा गर्नु? धेरै पढेर होला, पिध बिर्सिने बानी परेका प्राणीहरु। हजारौँका कपाल काट्ने ठाकुरका हातले मेरो जीवनमा ठूलो साथ दिएको छ। म उसको व्यक्तित्वबाट खुबै प्रभावित हुन्थे। हामी जस्ता युवकहरुलाई प्रेरणाका पात्र हुन् ठाकुर जो आफ्नो छोराछोरीलाई सहरमा पढाएर पछि आफ्ना ती छोराछोरीले आफ्नो गाउँ बदल्न प्रयत्न गर्छन् भनेर सपना देखिरहन्छन्।

केही मूर्खहरु उनलाई गिज्याउछन्, केही पापीहरु उनको ज्याला दिँदैनन्, केही अधर्मिहरु उनलाई अर्कै दृष्टिकोणबाट हेर्छन्। म उनलाई कुनै चस्मा नलगाइ हेर्ने गर्छु। म कहिलेकाही सोच्छु कि कुनैकुनै मानिसहरुलाई देख्दा मात्रै वा हेर्दा मात्रै एक भिन्न प्रकारको उर्जा मिल्छ।

हो, ठाकुर त्यस्तै खालको व्यक्तित्व थिए। लक्ष्मीप्रसाद देवकोटाको मुनामदन कथाका मदन जस्तै मिहेनती ठाकुरलाई आज खुबै सम्झिरहेछु।

नेपाल यातायात नचढेको पनि ५९ दिन जति हुन लागेछ। नियमित चल्ने नेपाल यातायातमा दोस्ति भएको थियो उहाँसँग। शारीरिकरुपमा अपांगता भएका व्यक्ति, उनका एउटा खुट्टा चल्दैन। जनयुद्धका घाइते योद्धा। यिनमा कोही कसैप्रति गुनासो छैन।

सधैं सकारात्मक सोच राख्ने स्वभावले मलाई तान्यो। अनौठो कुरा त के भने, नेपालमा छ्याप्छ्याप्ती अपांगता भएका व्यक्तिहरुका निम्ति काम गर्ने संघसंस्थाहरू खुलिरहेको अवस्थामा ओखलढुङ्गामा अहिलेसम्म यो क्षेत्रमा काम गर्न संघसंस्था खुलेका रहेनछ।

कुनै पनि एनजिओ/आइएनजिओको आँखा उनको क्षेत्रमा परेको रहेनछ। कसैले सहयोग गरिदिए आफ्नो क्षेत्रमा गएर संस्था स्थापना गरि आफूजस्तै अपांगता भएका व्यक्तिहरूका निम्ति सेवा गर्ने हुट्हुटी देख्दा मैले ओखलढुङ्गा जाने निधो गरेँ। तर सोचे जस्तो भएन। महामारीले त्यो सपना अहिलेलाई साकार हुन दिएन।

धनबहादुर दाइ, लकडाउनले तपाईका सोचहरू लक नहुन्। लकडाउन खुलेपछि ओखलढुङ्गा हामी जरुर जानेछौँ। अहिले तपाई जस्ता कैयन अपांगता भएका व्यक्तिहरुलाई कति समस्या पर्यो होला? यस्तो कठिन परिस्थितिमा सरकारले मासिक दिँदै आएको सामाजिक सुरक्षा भत्ता कटौती हुने नियमावली आउनाले आउदा दिनमा कस्तो असर पर्ने हो?

हामीले चाहेर पनि सडकमा विरोध गर्ने अवस्था छैन। तर सामाजिक संजाल र आफ्नो पहुँचमा रहेका ठाउँहरूमा निरन्तर दबाब दिएर प्राप्त उपलब्धिहरुको रक्षा गर्न मेरो तर्फबाट भने पहल गरिरहने छु।

अब एकपटक अपांगता भएका व्यक्तिहरू जुर्मुराउने बेला आएको छ। महामारी पछि युगले युगान्तकारी परिवर्तन गर्छ भनिरहँदा धनबहादुर दाइ जस्ता व्यक्तिहरूलाई नजरअन्दाज गर्न मिल्दैन।

नेपाल यातायातको गन्तव्यको सीमा छ। तर, त्यस नेपाल यातायातमा चढ्ने हामीहरुको गन्तव्यको सीमा छैन। हो, कहिलेकाही परिस्थिति जरुर आउछ। तर, निराकारको पछि दुरदर्शी भएर भाग्न छोड्नु हुँदैन।

यस्तै कुरा गरि रहँदा म सम्झन्छु नेपाल ल क्याम्पसमा पढ्ने साथी जो समाज सेवामा अनवरत  लागिरहेकी थिइन्। सडकमा छट्पटाई रहेका बालबालिका हुन् वा वृद्ध  बा-आमा, उनीहरूको सेवा गर्न तत्पर हुने। सडकमा कोही बिरामी, घाइते उपचार नपाएर छट्पटाई रहेको देख्यो कि तुरून्त आफै अग्रसर भई अस्पतालसम्म पुर्याउन अग्रसर भएको देख्दा म पनि हात र साथ दिन अग्रसर हुन्थे।

साथी, महामारीले ती टुहुराहरूको हालत कस्तो भयो होला? सडकपेटीमा रहेका भोकाहरू जो तिमीले खाना ल्याइदिने आशमा बिहानी कुरेर बस्थे, अहिले तिनीहरूले  पेट भरिने गरि खान पाए होलान् कि नाई? बालगृहको अवस्था यो महामारीले कस्तो भयो कुन्नी? मलाई लाग्छ तिम्रो मानसपटलमा यस्तै प्रश्नहरु उब्जीरहे होलान्।

यो भनिरहँदा मैले वा तिमीले बिर्सिनु हुँदैन कि सरकारले केही गर्दैन? सरकारले सबैको भलोको लागि पाइला चलाईरहेछ। आफ्नो भूमिका निर्वाह गरिरहेछ। कतै पाइलाका डोब देखिएको छ त कतै स्वार्थीहरुको दुस्साहसले गर्दा पाइलाको डोब मेटिएको छ। याद गर कि निरन्जन र निश्चल कहिल्यै मेटिदैन। मेटाउन चाहनेहरु पनि आशा गरौँ कि भेटिदैनन्।

मेटिनु त सबैलाई पर्छ यस दुनियाँबाट, तर नमेटिने इतिहास लेखेर जानु जरुर पर्छ वा यसो भनौँ कि लेख्ने प्रयत्न सधै राख्नु पर्दछ।

अन्त्यमा,

समाजवादको व्याख्या विश्लेषण अहिले संसारमै असान्दर्भिकजस्तै बन्न पुगेको छ। परम्परागत कम्युनिस्ट राष्ट्रमा पनि खुला पुँजीवादलाई अभ्यास गर्न थालिएको छ। पुँजीवादी राष्ट्रले खुल्ला बजारलाई व्यवस्थित गर्दै समाजवादमा हुने लोककल्याणकारी नीति अवलम्बन गरिरहेका छन्।

नेपाली कांग्रेस तथा कम्युनिष्ट दुवै राजनीतिक शक्तिले आफ्ना दस्तावेजमा समाजवाद तथा जनतावादलाई विशेष स्थान दिइरहेका छन्। समाजवादलाई संविधानमा समेत विशेष प्राथमिकताकासाथ उल्लेख गरिएको छ। समाजवादले यति बढी महत्व पाए पनि यसको अभ्यासका लागि कति काम भएका छन् त?

महामारीसँगै नेपालमा समाजवाद लागू गरिएला र? यो आम जनचासोको विषय बन्न पुगेको छ। के अब नेपालमा प्रजातान्त्रिक समाजवाद वा जनवाद लागू गर्नै सकिन्न? लागू गर्नै नसकिने प्रावधान पार्टीहरुले किन आफ्ना दस्तावेजमा उल्लेख गरिरहन्छन्?

नेपाल जस्तो कामचलाउ अर्थतन्त्र जसले विशेष आकार नलिएको र बाह्य प्रभाव अति दह्रो रहेको राष्ट्रमा झन् महामारी पछि अर्थतन्त्रका कुनै पनि प्रारुप लागू गर्न ज्यादै कठिन पर्छ। अर्थतन्त्रका परम्परागत प्रारुप हुबहु त लागू गर्न सकिन्न नै तर बदलिँदो परिवेशमा जनताको अवस्था, आन्तरिकरुपमा अभ्यास गरिएको अर्थव्यवस्था र बाह्य परिवेशलाई ख्याल गर्दै परिमार्जित प्रारुप लागू गर्न नसकिने कुरै छैन।

मात्र पार्टी र तिनका नेताहरुले आफ्ना नीतिलाई अहिलेको विश्व परिवेशमा, आम नागरिकको अवस्था र राष्ट्रिय  परिस्थितिलाई वस्तुगत विश्लेषण गरेर अघि बढ्न सक्नुपर्छ। दृढ इच्छाशक्ति, अठोट, दीर्घ सोच र इमानदारिता त हुनैपर्छ।

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑