जेठ, काठमाडाैँ । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १४ सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ हजार ४ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
जसमध्ये सात जनाको कोरोनाका कारण मृत्यु भएकाे छ। दैलेखमा शनिबार बिहान क्वारेन्टिनमा मृत्यु भएका दुल्लु नगरपालिका–११ का ३५ वर्षीय युवामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेकाे हो।
स्वास्थ्य मन्त्रालयका अनुसार २ सय १९ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्। अहिलेसम्म ५२ जिल्लामा कोरोनाको प्रकोप फैलिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्ला केही दिनयता नेपालमा कोरोनाको संक्रमण दर तीब्र बनेको छ। शनिबार मात्रै १ सय ८९ जनामा कोरोना पुष्टि भएको छ। सरकारले परीक्षणको दायरा नबढाउने हो भने स्थिति नियन्त्रण बाहिर जाने विज्ञहरुले चेतावनी दिँदै आएका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस