• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २५, मंगलबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

कांग्रेस प्रवक्ता शर्माद्वारा कांग्रेसविरुद्ध भ्रम फैलाउने कम्युनिस्ट मुख्यमन्त्री र मन्त्रीकाे नाम सार्वजनिक

May 28, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २० मिनेट
कांग्रेस प्रवक्ता शर्माद्वारा कांग्रेसविरुद्ध भ्रम फैलाउने कम्युनिस्ट मुख्यमन्त्री र मन्त्रीकाे नाम सार्वजनिक


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुख्यमन्त्री र मन्त्रीहरू कांग्रेस पार्टीको ‘सह–प्रवक्ता’ बनेर जथाभावी नबोल्न चेतावनी दिएका छन् ।

ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता शर्माले कम्युनिस्ट मुख्यमन्त्री र कम्युनिस्ट सरकारका मन्त्रीलाई कांग्रेस पार्टीको आन्तरिक विषयमा टिकाटिप्पणी नगर्न धम्की दिएका हुन् ।

‘कांग्रेसको धारणालाई व्यक्त गर्नलाई, कांग्रेसको धारणालाई ब्याख्या गर्नलाई, कांग्रेसले कम्युनिस्टका कुनै मन्त्री, कम्युनिस्ट पार्टीको मुख्यमन्त्रीलाई पार्टीको सहायक प्रवक्ताका रुपमा नियुक्त गरेको छैन’, शर्माले चेतावनीयुक्त शैलीमा भनेका छन् ।

‘कांग्रेसको जे धारणा हो । पार्टी सभापतिको ट्वीटमार्फत, वक्तव्यमार्फत पनि आएको छ । पदाधिकारी बैठकबाट पनि आएको छ’, उनले भने, ‘प्रवक्ताको वक्तव्यबाट पनि आएको छ । कि प्रवक्तालाई सोध्नुस्, पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई पर्खनुस् भनेर यसबीचमा हामीले सार्वजनिक अपील पनि गरेका छौँ ।’

‘कांग्रेसको धारणाका बारेमा गलत इन्टरप्रेटेशन गर्ने कुरामा कोही पनि नलाग्नलाई कम्युनिस्ट पार्टीको सरकारसँग नजिक रहनु भएका मन्त्रीजीहरू, मुख्यमन्त्रीजीहरू कांग्रेस पार्टीको केन्द्रीय कार्यालयबाट म चुनौतीका साथ उहाँहरूलाई कांग्रेस पार्टीको विषयमा जथाभावी नबोल्नुस्’, उनले भनेका छन् ।

‘कांग्रेसले निर्णय गर्ने प्रक्रियाको सम्बन्धमा प्रश्न नउठाउनुस् म आग्रह गर्नु चाहन्छु । हामी यो विषयमा प्रष्ट छौँ’, उनले भने, ‘राष्ट्रियताको विषयमा आरोप प्रत्यारोपबाट होइन, राष्ट्रियताको विषयमा एकआपसको साथमा उभिएर, एकबद्ध भएर, कदममा कदम मिलाएर राष्ट्रिय भावनालाई, राष्ट्रिय एकताको अभिव्यक्तिलाई बलियो बनाउन सकिन्छ ।’

‘कांग्रेसको कार्यसमितिको बैठक बसेर संस्थागत रुपमा निर्णय गर्नुपूर्व नै यसबारेमा कांग्रेसले के मत राख्छ ? भन्ने विषयको सन्दर्भमा पार्टीको पदाधिकारीको बैठकमार्फत होस् या हाम्रा अभिव्यक्तिमार्फत होस् यस विषयमा हामीले सार्वजनिक गरिसकेका छौँ’, उनले भनेका छन् ।

‘सर्वदलीय बैठकमा सहभागी भएर कांग्रेसले केन्द्रीय कार्यसमितिबाट संस्थागत रुपमा निर्णय गर्नेछ भनेर भन्नुको अर्थ हामीलाई समय दिइयोस् भनेर हामीले समय माग गरेको होइन’, शर्माले भने, ‘कांग्रेसले संस्थागत रुपमा आफ्नो निर्णय गर्न तर्फ जाँदै गर्दा संसदमा शुरु भएको प्रक्रियालाई अबरुद्ध गरिनुपर्छ भन्ने हाम्रो कुनै माग, हाम्रो कुनै अपेक्षा बिल्कुलै थिएन ।’

‘संसदमा कार्यसूचीमा हटाइनुपर्छ भन्ने कांग्रेसको अभिव्यक्ति थियो, कांग्रेसको आग्रह थियो भन्ने ढंगले सरकारका मन्त्रीजीहरूले सत्तारुढ दल निकट रहेको एकजना मुख्यमन्त्रीजीले भन्नुभएको विषयलाई हामीले गम्भीरतापूर्वक लिएका छौँ’, कांग्रेसका प्रवक्ता शर्माले भनेका छन् ।

प्रदेश ५ का कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेल र कम्युनिस्ट सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले बुधबार कांग्रेसले समय माग गरेकाले संसदको कार्यसूचीबाट संविधान संशोधनको प्रस्ताव हटाइएको भनेर भ्रमक सन्देश सामाजिक सञ्जालमार्फत फैलाएका थिए ।

कम्युनिस्ट मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा भनेका थिए, ‘नेपाली कांग्रेसको अनुरोधमा संविधान संशोधन प्रस्ताव आज (बुधबार)को कार्यसूचीबाट हटेको हो, फिर्ता भएको होइन । आशा गरौँ, नेपाली कांग्रेसको साथमा प्रस्ताव छिटै पास हुनेछ ।’

कम्युनिस्ट सरकारका पर्यटनमन्त्री भट्टराईले पनि सामाजिक सञ्जालमा भनेका छन्, ‘प्रमुख प्रतिपक्षी दलले थोरै समय माग्नुलाई स्वभाबिक रुपमा लिनुपर्दछ । संसदमा दर्ता भएको संविधान संशोधनमा कुनै पनि दल पछि हट्ने ठाउँ छैन् । यसमा कायम भएको राष्ट्रिय एकतालाई कसैले पनि टुटाउने कल्पना पनि गर्न सकिदैन ।’

कम्युनिस्ट मुख्यमन्त्री पोखरेल र कम्युनिस्ट सरकारका मन्त्री भट्टराईले कांग्रेसविरुद्ध भ्रम फैलाएर बदनाम गर्ने कार्य गरेपछि कांग्रेसका प्रवक्ता शर्माले बिहीबार कांग्रेस पार्टीको सहायक प्रवक्ता नबन्न चेतावनी दिएका हुन् ।

पोखरेल र भट्टराईले यसअघि पनि कांग्रेसविरुद्ध बेलाबेला भ्रम फैलाउने कार्य गरेको भनेर आलोचना हुँदै आएको छ ।@replibicadainik

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑