• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ पौष २९, मंगलबार  | Mon, 12, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भारतसम्म आइपुगेको सलहको समूह नेपाल आउँछ नै भन्ने यकिन छैन।

May 28, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ९ मिनेट
भारतसम्म आइपुगेको सलहको समूह नेपाल आउँछ नै भन्ने यकिन छैन।

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

मुलतः अफ्रिकाको रैथाने फट्याङ्ग्रा प्रजातिको किरा सलह (मरुभूमिमा पाइने) आहराको खोजीमा हजारौँ किलोमिटर पार गरेर भारतसम्म आइपुगेको छ । करोडौँको संख्यामा समूह बनाएर उड्ने र आफ्नो मार्गमा परेका सबै बालीहरु सखाप नै पार्ने गर्छन् ।

सलह पसेपछि किसानले बाली भित्र्याउन खेत पस्नै पाउँदैनन्, अर्थात केही पनि नछोडी पूरै खान्छन् । सलहका कारण खाद्य संकट उत्पन्न भएका उदहारण र चेतावनी संवद्ध निकायबाट आउने गरेको छ ।

अहिले सलह अफ्रिकाबाट समुद्र माथिबाटो हुँदै उडेर पाकिस्तानबाट भारतका विभिन्न क्षेत्रसम्म आइपुगेका छन् । राजस्थान, पञ्जाब, उत्तर प्रदेश हुँदै दिल्लीसम्म देखिएका छन् ।

आठ–दश लाखको समूहमा उड्ने सलह किसानका शत्रु हुन् । यो किरा फट्याङ्ग्रा समूहको किरा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय अन्तर्गतको किट विज्ञान विभागका प्रमुख सह–प्राध्यापक डा. सुन्दर तिवारीले बताएका छन् ।

विशेष गरी गर्मी मौसममा सलहले आफ्नो वंश बिस्तार गर्ने उनले बताए । सलहको समूह १३० देखि १५० किलोमिटरप्रति दिनको गतिमा उड्ने गर्छन् । अहिलेको सलहले आनुवंशिक परिवर्तन गरेर उड्ने क्षमता बिस्तार गरेको देखिएको डा. तिवारीले बताए ।

बलौटे माटो र तातो या गर्मी ठाउँमा यसले आफ्नो वंश बिस्तार गर्ने गर्छ । सलहको जीवन चक्र मात्रै ९० दिनको हुन्छ । नयाँ स्थानमा सलहले आफ्नो वंश बिस्तार चाँडो गर्ने गर्छन् । डा. तिवारीले भने, ‘नयाँ ठाउँमा उनीहरुका लागि शत्रु तर किसानका लागि मित्र जीव कम हुन्छ । सोही कारण अति चाँडो उनीहरुको वंश बिस्तार हुन्छ ।’

एउटा सलहले एक दिनमा दुई ग्राम खान सक्ने डा. तिवारीले जानकारी दिए । उनले भने, ‘यसको अर्थ एउटा समूहमा ८–१० लाख सलह हुन्छन् । ती सबैले एक दिनमा ३५ हजार मानिसलाई पुग्ने खाद्यन्न सखाप पार्छन् ।’ सलहको एउटा समूहले एक मिलोमिटर भन्दा बढी क्षेत्र ढाक्छन् । उप–प्राध्यापक तिवारीले भने, ‘सलह आएर बसेपछि सबै सखाप पार्छन् । खाद्य सुरक्षामा गम्भीर चुनौति उत्पन्न गर्न सक्छ ।’

नेपालमा सन् १९६० दशकमा सलहको प्रकोप देखिएको इतिहास छ । त्यसबेला किसानका बाली सखाप पारेको थियो ।

अहिले भारतसम्म आइपुगेका सलह विगतको भन्दा बढी सखाप पार्ने खालको रहेको देखिएको डा. तिवारीले जानकारी दिए ।

सलहको समूह दिल्लीबाट पूर्व तर्फ लागेकाले नेपालमा पनि आउन सक्ने सम्भावना देखिएकाले अध्यनन गरी सावधानीका लागि समन्वयात्मक उपाय अपनाउनका लागि कृषि मन्त्रालयले विशेष समिति नै बनाएको छ ।

मन्त्रालयले अध्ययनका लागि प्वान्टन क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईँको संयोजकत्वमा समिति गठन गरेको हो ।

कृषि मन्त्रालयका प्रवक्ता रहेका खाद्य सुरक्षा तथा खाद्य प्रविधि महाशाखाका सहसचिव डा. हरिबहादुर केसीले भने, ‘भारतसम्म आएकाले नेपालमा पनि आउन सक्छ कि भन्ने चिन्ता देखिएको हो । हामीले विज्ञहरुसँग मिलेर काम गरिरहेका छौँ ।’

सामान्यतया असार–साउनमा विकास भएर भदौमा ठूलो मात्रामा देखिने भए पनि अहिले सलह बेमौसममा देखिएकाले विज्ञहरुसँग सल्लाह गरेर यसको जोखिम कस्तो रहन्छ भन्ने आँकलन गर्ने काम भइरहेको उनले जानकारी दिएका छन् ।

सलहको जोखिमका बारे संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का विज्ञसँग परामर्श लिने काम पनि भइरहेको प्रवक्ता केसीले बताएका छन् ।

विगतमा नेपालमा सलहको प्रकोप ठूलो मात्रामा परेको इतिहास रहे पनि पछिल्ला वर्षमा यस्तो अनुभव नरहेकाले सावधानीका लागि कस्ता उपायहरु अपनाउन सकिन्छ भन्ने बारे बुझ्नो काम भइरहेको उनले बताए ।

किट विज्ञानका सह–प्राध्यापक तिवारीले भने, ‘हामीले तत्कालका लागि गर्न सक्ने भनेको ट्रयाकिङ्ग र मोनिटरिङ्ग हो । अर्थात सलहको समूह पहिचान गरी मार्ग थाहा पाउनु र गर्न सकिने सावधानी अपनाउनु हो ।’ उनले भने, ‘नियन्त्रण गर्न गाह्रो छ । भारतमा अश्रु ग्यास छर्कनेसम्म गरिएको देखिएको छ । यो कुरा चक्लाबन्दी प्रणालीमा खेती हुने ठाउँमा उपयुक्त हुन्छ । तर हाम्रो जस्तोमा स–साना गह्रामा खेती हुने स्थानमा भने त्यो सम्भव हुँदैन । बरु थन्काउने बेला भएको बालीलाई चाँडो थन्काउने र सानो क्षेत्रमा रहेका करेसाबारीमा प्लाष्टिक वा झुलको बार लगाउने गर्न सकिन्छ ।’

विषादी हाल्नै परेमा एफएओको सिफारिस अनुसारको मालाथिन र फेनिट्रोथियन प्रयोग गर्न सकिने डा. तिवारीले बताए । उनका अनुसार यी विषादी प्रतिलिटर पानीमा एक एमएल राखेर छर्नु पर्छ । त्यसका लागि विशेष खालको स्प्रे चाहिने उनले बताए । विषादी हालेको १४ दिनसम्म खान हुँदैन ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका उप–प्राध्यापक ऋषिराम कट्टेलका अनुसार सलहको जोखिम भएको क्षेत्रबाट खाद्यान्न आयात गरेमा त्यसको अनुवंश भित्रिएर फैलिने पनि सम्भावना हुन्छ । तर अहिले लकडाउनका कारण भारतबाट हुने आयात कम भएकाले सो जोखिम कम रहेको उनले बताए ।

नियन्त्रणका लागि ‘स्प्रीङ्कल एरिगेशन’ पनि विकल्प हुन सक्ने उनले बताए । उनले भने, ‘अमेरिकासहितका भारतमा पनि जहाजबाटै विषादी छरेको पनि देखिन्छ । तर हाम्रोमा त्यो सम्भावना छैन ।’

यसैगरी सलहलाई नै परिकारका रुपमा विकास गर्ने विकल्प पनि खाद्य सुरक्षाका लागि उपयुक्त हुने पछिल्लो समय चर्चामा रहेको र सलहमा प्रोटिन पाइने भएकाले त्यसका परिकार बउन पनि सकिने उनले बताए । ‘तर यसको सम्भावना पनि हाम्रोमा त्यति प्रभावकारी हुने देखिँदैन’ उनले भने ।

अहिले भारतसम्म आइपुगेको सलहको समूह नेपाल आउँछ नै भन्ने यकिन छैन । वायुको वेगसँग सापेक्ष भएर उड्ने भएकाले नेपाल प्रवेश गरेमा सम्भवतः प्रदेश नम्बर पाँचमा सबै भन्दा पहिले पुग्ने देखिएको छ ।

बाट थप

  • कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु
  • आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने
  • त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी
  • देशभर मौसम सफा रहने देशभर मौसम सफा रहने
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    आजका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    पृथ्वी जयन्तीमा राष्ट्रिय एकता दिवस देशभर मनाइँदै

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    तनहुँमा विभत्स अवस्थामा तीन शव फेला, एकको सनाखत

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    रवि–बालेन–कुलमान एकै ठाउँमा उभिँदा रास्वपाको शक्ति कति?

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जापानले बनायो १ मिनेटमै दाँत माझिदिने रोबोटिक ब्रस

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    जेनजी अगुवा किरण–ढुङ्गानाकै धारमा कांग्रेस महामन्त्री गगन थापा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    समाचार
    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    आज अपराह्नसम्म समानुपातिक तर्फको उम्मेदवारी फिर्ता लिन सकिने

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    त्रिशूली नदी किनारमा भेटिएको बसको आज पनि उत्खनन जारी

    देशभर मौसम सफा रहने

    देशभर मौसम सफा रहने

    राशि अनुसार आजको भाग्यफल

    राशि अनुसार आजको भाग्यफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑