• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ४, आईतबार  | Sun, 18, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

भरतपुरमा क्यान्सर उपचारको लागि आएका बिरामी र कुरुवा खुला आकाशमुनि रात बिताउन बाध्य

May 27, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
भरतपुरमा क्यान्सर उपचारको लागि आएका बिरामी र कुरुवा खुला आकाशमुनि रात बिताउन  बाध्य
cf/fd ub}{ la/fdL / s'?jf lrtjg, !$ h]7 M lalk sf]O{/fnf d]df]l/on SofG;/ c:ktfndf pkrf/sf nflu cfPsf la/fdL / s'?jf vfgf vfO{ c:ktfnsf] k]l6df kfnf] s'b}{ . t:jL/ M gf/fo0f clwsf/L÷/f;;

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, चितवन । भरतपुर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालको कुरुवाघर भरिएको र स्थानीयस्तरमा रहेका होटल बन्द भएपछि खुला आकाशमा रात बिताउनुपर्ने बाध्यता उनीहरुको छ ।

अस्पतालको तथ्याङ्कअनुसार अस्पतालभन्दा बाहिर रहेका बिरामीको सङ्ख्या १०० हाराहारी रहेको छ । उनीहरुमध्ये अधिकांशले अस्पतालकै खाली चौरमा खाना पकाउने र बरण्डा, प्यासेजमा बिरामीसहित रातको समयमा ओत लाग्ने गरेका छन् । सिराहाबाट बिरामी बुबालाई लिएर उपचारका लागि वैशाख २२ गते क्यान्सर अस्पताल आइपुग्नुभएका सुरेशकुमार यादव त्यसयता खुला आकाशमुनि खाना खानु र बिरामीको रेखदेख गर्दै आउनुभएको छ । “न उपचार नै पाइएको छ । न त बस्न र खानका लागि कतै ठाउँ नै छ”, उहाँको गुनासो छ ।

“अस्पतालमा आएर उपचार गरेर घर फर्कने समय हुँदासम्म अस्पतालले भर्ना गर्न मानेको छैन”, उहाँले दुखेसो पोख्नुभयो । अस्पताल आएको केही दिन अस्पतालभित्रै रहेको चमेनागृहमा खाना खाएको भए पनि पछिल्लो समय त्यहाँ पनि खाना खानका लागि सहज वातावरण नबनेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अस्पतालमा उपचारका लागि भर्ना गरेका बिरामीलाई मात्र भवनमा पस्न दिइएको छ, अरुलाई बाहिर नै राखिएको छ ।” उहाँले थप्नुभयो, “बिरामी भर्ना गरेकालाई पास देखाएर भित्र जान दिइएको छ अन्य खुला आकाशमुनि बस्न बाध्य छाँै ।”

पर्साबाट बिरामी श्रीमती लिएर उपचारका लागि आउनुभएका गौरीशङ्कर यादवले अस्पतालमा आएर झन् दुःख पाएको बताउनुभयो । अस्पतालले उपचारका लागि वैशाख ८ गते बोलाएको भए पनि आउँदा उपचार पाउन नसकेको उहाँको गुनसो छ । उहाँले भन्नुभयो, “उपचारका लागि समय लाग्ने भए पनि बस्न र खानका लागि आकाशको छानो बनाउनुपरेको छ ।” रातको समय पनि खुलाचौरमै बिरामी लिएर बस्नुपर्ने कस्तो समय आयो उहाँले दुखेसो गर्नुभयो ।

यस्तै सर्लाहीबाट मामाको उपचारका लागि आउनुभएका रमित कपाडले उपचारका लागि समय लाग्ने भए पनि गाँसबासको व्यवस्था गरिदिन आग्रह गर्नुभयो । चौरमा बसेर खाना खाँदै गर्नुभएका उहाँले बिरामीको भर्ना गर्नसमेत कठिन भएको बताउनुभयो । “फर्किऊँ अस्पताल आएर उपचार नगरी कसरी फर्किऊँ, बसौँ भने बस्ने र खाने ठाउँ छैन”, उहाँले भन्नुभयो । पानी पर्दा कहाँ बस्ने कहाँ के खाने झन् ठूलो समस्या हुने उहाँको भनाइ छ ।

लहानबाट बिरामी लिएर आउनुभएकी सङ्गीता चौधरी अस्पतालभित्र सञ्चालनमा रहेको चमेनागृहमा समेत हेर्ने दृष्टिकोण फरक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पैसा तिरेर खान्छौँ भन्दा पनि राम्रो व्यवहार छैन । अहिले त त्यहाँ अस्पतालका कर्मचारी र भर्ना गरेर राखिएका बिरामीलाई मात्र पस्न दिइने गरेको छ ।” बिरामीको उपचार प्रक्रिया शुरु भएमा मात्रै पनि कुरुवा जसरी पनि बस्न सकिन्थ्यो उहाँको गुनासो छ । अहिले दिनहुँजसो पानी पर्दा खुला आकाशमुनि खाना बनाउनसमेत उनीहरुलाई समस्या भएको छ ।

कञ्चनपुरबाट बिरामी लिएर आउनुभएका कान्छाराम चौधरीले विगत १० दिनदेखि चौरमै बास भएको बताउनुभयो । शुरुआतको समयमा अस्पतालको पेटिमा सुत्नसम्म पाइएको भए पनि अहिले त्यहाँ पनि जान दिँदैनन् उहाँले भन्नुभयो । चौधरीले भन्नुभयो, “बिरामीलाई उपचारका लागि आफूहरु आएको भए पनि न उपचार समयमा पाइएको छ न खान बस्ननै ।” फर्कनका लागि कसरी फर्कनु न सवारी साधन नै चलेका छन् उहाँले गुनासो पोख्नुभयो ।

कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमणका कारण देश नै आक्रान्त बनिरहेको समयमा उपचारका क्रममा आएका बिरामी र उनीहरुको कुरुवाको अवस्था दयानीय बन्दै गएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आवश्यक हुनेलाई मात्र भर्ना लिइएको बताउनुभयो । अस्पतालमा आज १३३ बिरामी भर्ना भएको र १०० हाराहारी बाहिर रहेको उहाँले बताउनुभयो । ५० बिरामी राख्न मिल्ने कुरुवा घर भरिएको र बाहिर होटल, रेष्टुरेन्ट बन्द भएपछि बिरामी र कुरुवाका आफन्त बाहिर खान र बस्न बाध्य भएको उहाँले बताउनुभयो । दैनिक अस्पतालमा देशका विभिन्न ठाउँबाट बिरामी लिएर ५० हाराहारी एम्बुलेन्स आउने गरेका छन् ।

वि सं २०५७ बाट सञ्चालनमा आएको यस अस्पतालमा नेपाल र भारतका सीमा जोडिएका क्षेत्रबाट उपचारका लागि बिरामी आउने गर्दछन् । यस अस्पतालले वार्षिक १० हजार हाराहारी बिरामीको उपचार गर्दै आएको छ ।

बाट थप

  • अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक
  • गगन थापाका प्रारम्भिक चुनौती गगन थापाका प्रारम्भिक चुनौती
  • पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै
  • चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    भरतपुरमा K A I Y I ब्राण्डका गाडी सार्वजनिक हुंँदै

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्राको विनिमयदर सार्वजनिक

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    सल्यान–सुर्खेतमा बाघको त्रास : एक सातामै तीन जनाको ज्यान गयो

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक  एक्स्पो हुंँदै

    चितवनमा कृषि प्रविधिको प्रर्दशन र उत्पादनको वजारीकरण गर्न एग्रीटेक एक्स्पो हुंँदै

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुली जिल्लामा रहेको नेपाल एसबीआई बैंकमा सशस्त्र लुटपाट

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    सिन्धुलीमा भतिजको संलग्नतामा टंकमायाको हत्या, दुई जना पक्राउ

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    आजको राशिफल: ग्रह–नक्षत्रले देखाएको भाग्य संकेत

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    रवि लामिछाने धरौटीमा छुट्ने, फागुन २१ को चुनाव लड्न पाउँछन् कि पाउँदैनन्?

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    समाचार
    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    अमेरिकी डलर उच्च बिन्दुमा, विदेशी मुद्राको नयाँ विनिमयदर सार्वजनिक

    गगन थापाका प्रारम्भिक चुनौती

    गगन थापाका प्रारम्भिक चुनौती

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    पाटेबाघ पक्रन वा मार्न आदेश, मानव–वन्यजन्तु द्वन्द्व चुलिँदै

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    चार महिनापछि सिंहदरबारमा बस्दैछ राष्ट्रिय सभा बैठक

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    आज आइतबार: यस्तो छ तपाईंको विस्तृत राशिफल

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑