• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

नेपाल र भारतको सम्बन्ध र दरार

May 25, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ५ मिनेट
नेपाल र भारतको सम्बन्ध र दरार

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)
गोबिन्द कोइराला, जेठ चितवन । नेपाल र भारतको नक्सा बिबाद खासमा नेपाल र भारतबीच लामो समयदेखि नवलपरासी जिल्लाको सुस्ता र दार्चुलामा पर्ने कालापानी क्षेत्रलाई दुवै मुलुकले विवादास्पद भूमि भनेर स्वीकार गरेका छन् र दुबैले आ- आफ्नो तर्फ बाट नक्शा सार्ब्जानिक गरेका छन सन् १८१६ को अंग्रेज शासित भारत र नेपालबीच सम्पन्न सुगौली सन्धिले महाकाली नदीपूर्व नेपाल र पश्चिम भारत भनेको छ ।
यस हिसाबले दुवै मुलुकका लागि विवाद नहुनुपर्नेहो । तर, नक्सा निर्माण हुँदा हिमाली सानो क्षेत्रमा रहेका लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई भारतीय नक्सामा समेटियो । त्यहाँका करिब २५० घरधुरीले २०१५ सालको नेपालको आमनिर्वाचनमा मतदान पनि गरे, दार्चुलामा तिरो पनि तिरे ।
नक्सा हेर्दा भारतमा पर्ने तर तिरो तिर्दा नेपाल सरकारलाई तिर्ने अवस्था लामै समय रह्यो । नेपाल पक्षबाट यो भूमि त मेरो पो हो भनिएन, न त भारतीय पक्षले भारतीय नागरिक भएर नेपालतिर किन मतदान गर्न गएको, तिरो तिरेको भनेर नै उनीहरुलाई प्रश्न ग¥यो । काठमाडौं र नयाँदिल्लीमै रमाउने शासकले यहाँका जनतालाई कुनै मतलब गरेनन् ।
पछिल्लो समय यस पंक्तिकारले थाहा पाएसम्म २५० घरधुरीले नै भारतीय नागरिकका रुपमा नागरिकता लिइसकेका छन् । भारतीय रक्षामन्त्रीले मानसरोवरजाने सडकको उद्घाटन गरेपछि नेपाली राजनीतिक दल, नागरिक र सरकारसमेत विज्ञप्ति र वक्तव्यबाजीको बाढी बगाउन थालेका छन् ।
गत साता नेपालले लिम्पियाधुरासम्म समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतमा पनि आपत्तिका स्वरहरु सुनिन थालेका छन् । सयौं वर्षदेखि मित्र मात्र नभएर, त्योभन्दा पनि माथि भाइ–भाइको प्रगाढ सम्बन्धको दाबी गर्दै आएका र रोटी–बेटीको नाता भनेर राम–जानकीको विवाहमा अयोध्याबाट जनकपुरधाममा जन्ती आएको सम्झिने नागरिकहरु यतिखेर अक्क न बक्क परेका छन् । दुई मुलुकबीच कायम रहेको सुमधुर सम्बन्ध धराशयी हुने त होइन भनेर चिन्तित भएका छन् ।
यसमा दोष कसको ? आम नागरिकको ? कि वर्षौंसम्म परिचयविहीन बनेर बसेका कालापानीका २५० घरको ? काठमाडौं समृद्ध नेपाल सुखी नेपालीको नारामै रमाउने, आम नागरिकको चाहना र आवश्यकतालाई हेर्न कहिल्यै नजाने प्रवृत्तिका कारण कालापानीका नागरिकले भारतको नागरिकता लिए । हिजो तेन्जिङनोर्गे शेर्पाले राज्यको विभेदकारी र बेवास्ताजन्य व्यवहारकै कारण जसरी भारतको नागरिक हुनुपरेको थियो, त्यही राजनीति आजपनि नेपालीको थाप्लोमा बजारिने काम भएका कारण नेपाली जनता निराश छन् । तर, काठमाडौं अझै चेतिरहेको छैन ।
संविधानले जनतालाई सार्वभौमसत्ता सम्पन्न भन्छ, तर मुलुकका ८० प्रतिशत जनताले सर्व–भोकमरीको अवस्थामा रहनुपरेको छ । भोक मेटाउनकै लागि आज ४० लाख नेपाली भारतसँगको खुला सिमाना पार गर्दै विनाकुनै अभिलेख घरेलु काममा जीवन बिताइरहेका छन् । यतिकै संख्यामा खाडी र अन्य विकसित मुलुकमा नेपालीहरु भासिएका छन् ।
उनीहरु परिवारजनसँग बस्नपाउने अधिकारबाट वञ्चित छन्, मुलुकबाहिर भएका कारण भोट हाल्न पाउँदैनन्, तीन करोडको आवादीमा एक तिहाइ जनता मुलुकबाहिर रोजीरोटीका लागि पठाएर नेपाल सरकार सुखी नेपाली समृद्ध नेपालको कुरा गर्छ । के राष्ट्र भनेको भूमि मात्र हो ?कालापानीका २५० घरलाई कालीपारि पठाएर भूमि मात्र लिने र राष्ट्रियता जोगियो भन्ने हो ?
विषय निकै गम्भीर छ । रोजगारी, व्यापार र नाता–सम्बन्धका कारण भारत र नेपालबीच जनस्तरको जो सम्बन्ध छ, त्यसलाई कालापानी विवादले प्रभावित बनाउने अवस्था आयोभने त्योभन्दा दुःखद सन्दर्भ अर्को हुँदैन । हाम्रा शासकहरुले कालापानी र सुस्ताको मुद्दालाई वर्षौंदेखि ‘आउटस्ट्यान्डिङ’ भन्दै समाधान नगरी राख्नाले आज मुद्दा चोटिलो बनेर प्रकट भएको छ ।निष्कर्षमा, कालापानी क्षेत्रको विवाद प्रमाणका आधारमा दुवै पक्ष टेबुलमा बसेर इमानदारीका साथ इतिहास पल्टाउने हो भने अवश्य सुल्झिने छ । तर, यसमा अनावश्यक राजनीति हुनुहुन्न । त्यसो भयो भने सरकार–सरकारबीचको सम्बन्ध मात्र धराशयी हुने होइन, जनस्तरको सम्बन्धमा पनि कुठाराघात हुनेछ । संघीय गणतन्त्रमा पाइला टेकेको नेपालका लागि आज स्थायित्वको खाँचो छ, जनतालाई समृद्धिका साथ सार्वभौम बनाउनका लागि छरछिमेकसँगको सम्बन्ध सुमधुर हुनु पनि उत्तिकै आवश्यक छ । यस आवश्यकतालाई दुवै मुलुकको राजनीतिक तथा कुटनितिक नेतृत्वले गम्भीरताका साथ निर्णय गरोस् ।

बाट थप

  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुँदै, किसानदेखि उद्योगीसम्मलाई प्रत्यक्ष लाभ हुने अपेक्षा भरतपुरमा अन्तर्राष्ट्रिय डेरी एक्स्पो हुँदै, किसानदेखि उद्योगीसम्मलाई प्रत्यक्ष लाभ हुने अपेक्षा
  • चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु
  • चितवनमा अण्डाको माग र मूल्य दुवै उकालो चितवनमा अण्डाको माग र मूल्य दुवै उकालो
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑