जेठ, चितवन । भरतपुर अस्पतालमा मृत्यु भएका रामग्राम पाँचका ४८ वर्षिय पुरुषको कोरानाका कारण मृत्यु नभएको पुष्टि भएको छ । कोराना संग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब संकलन गरि पिसिआर परिक्षण गरिएकोमा रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका अस्पताल विकास समितिका अध्यक्ष डाक्टर भोजराज अधिकारीले रेडियो परासीलाई जानकारी दिनुभयो ।
गएराति १२ बजे बुटवलको लुम्बिनी सिटि अस्पताल बाट रिफर गरिएका बिरामिको आज बिहान साढे तिन बजेतिर मुत्यु भएको थियो । विरामिमा निमोनियाको समस्या देखिएका कारण कोरोना परिक्षण गरिएको डाक्टर अधिकारीले बताउनुभयो । कोरोना परिक्षण नहुदा सम्म शव भरतपुर अस्पतालकै आईसियुमा राखिएकोमा अब रिपोर्ट आएपछि भने परिवारको जिम्मा लगाईने छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस