जेठ , चितवन । गृहमन्त्रालयले ८ जना प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रीस्तरिय निर्णयअनुसार गृहले बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई गृहमन्त्रालय सरुवा गरेको छ । त्यस्तै गृहका शंकरहरी आचार्यलाई जिप्रका सप्तरी सरुवा गरिएको छ ।
स्याङ्जाका सिडिओ रामबहादुर कुरुम्वाङलाई जिल्ला प्रशासन कार्यालय बाँकेमा सरुवा गरिएको छ । चितवनमा नारायण प्रसाद भट्टराईको ठाउमा पर्वतमा कार्यरत कल्पना घिमिरे नेपाललाई चितवन सरुवा गरिएको छ ।
गृहमा कार्यरत शम्भु प्रसाद रेग्मीलाई पर्वत सरुवा गरिएको छ । दुर्गा बञ्जाडे जुम्लाबाट पाल्पा सरुवा भएकी छन् । गृहमै कार्यरत भुपेन्द्र थापा जुम्ला सरुवा भएका छन् । भने सुनिल खनाल सप्तरीबाट अध्यागमन विभाग सरुवा भएका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस