जेठ, चितवन । भरतपुर लकडाउन उलंघन गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय चितवनले नियन्त्रणमा लिइएका ४ सय २६ वटा मोटरसाइकललाई रु एक हजारका दरले जरिवाना गरेको छ ।
त्यस्तै एउटा ट्रीपर र एउटा ट्याक्टरलाई क्रमश १० हजार र ६ हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी इश्वर सिंखडाले बताए ।
दस दिन प्रशासनको नियन्त्रणमा राखेर मात्र जरिवाना लिएर छाडिएको उनले बताए । साथै अझै पनि लगभग ६ सयको हाराहारीमा मोटरसाइकलहरु नियन्त्रणमा रहेको सूचना अधिकारी सिंखडाले बताए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस