• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ कार्तिक २६, बुधबार  | Tue, 11, Nov, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

चितवनमा भयावह अवस्था आउन सक्नेहुनाले बेलैमा सजग रहन आग्रह

May 23, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
चितवनमा भयावह अवस्था आउन सक्नेहुनाले बेलैमा सजग रहन आग्रह


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, भरतपुर । चितवन जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा भयावह अवस्था पनि आउन सक्ने प्रक्षेपण गरिएको छ ।

देशको मध्यभागमा रहेको र यहाँको क्यान्सर अस्पताललगायतका ठूला अस्पतालमा देशभरका बिरामी तथा अन्य मानिसहरुको आवतजावत हुने र पर्साको ठोरी सीमा नाका पनि धेरै दूरीमा नरहेको हुनाले चितवनमा कोरोनाको भयावह अवस्था आउन सक्ने चेतावनी चिकित्सकहरुले दिएका छन् ।

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले देशभरिका मान्छेको आवतजावत हुने ठाउँ र उपचारका लागि उपत्यकाबाहिर धेरैको रोजाइ चितवन भएका कारणले यहाँ कोरोनाको जोखिम धेरै हुने बताए । उनले भने, ‘विशेषगरी, भरतपुर क्यान्सर अस्पतालमा तराई जिल्लाका मानिसहरु बढी आउँछन्, यसले पनि जोखिम बढी छ ।’

उनले उपचारका लागि आउने बिरामीबाट स्वास्थ्यकर्मीमा समेत संक्रमणको खतरा देखिएको बताए । उनले भने, ‘क्यान्सर अस्पतालमा सावधानी अपनाइएको छ, तर पनि जोखिम बढी नै छ ।’ उनका अनुसार क्यान्सरमा पिसिआर परीक्षण गरेरमात्रै अप्रेसन गरिएको छ भने एक बिरामीका लागि एक कुरूवामात्रैको अनुमति दिइएको छ ।

क्यान्सर अस्पतालमात्रै नभएर दुई ठूला मेडिकल कलेज र अन्य अस्पतालहरुमा बिरामी तथा कुरूवाहरु आवतजावत हुँदा पनि यहाँ जोखिम बढी हुने चिकित्सकहरु बताउँछन् ।

चितवनमा संक्रमित पाँच पुगे

चितवन जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । भरतपुर–६, केशरबागमा दुई जना कोरोना संक्रमित थपिएसँगै चितवनमा संक्रमितको संख्या पाँच पुगेको हो । राप्ती नगरपालिकाका संक्रमित दुई जना (आमा र छोरा) भरतपुर अस्पतालबाट निको भएर घर फर्केका छन् ।

शुक्रबार गीतानगरका दुई जना भरतपुर कोरोना अस्पतालमा उपचाररत छन् । चितवन घर भएकी एक महिलाको काठमाडौँमा उपचार भइरहेको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले संक्रमितको संख्या बढेसँगै जोखिम पनि बढ्दै गएको बताए । उनले भने, ‘अब झन् बढी सतर्क रहनुपर्ने अवस्था छ, देशभर नै संख्या बढिरहेको अवस्थामा चितवनमा पनि यसको खतरा अझ रहन्छ ।’

स्वास्थ्य प्रमुख तिवारीले चितवनमा कोरोनाको दुई तरिकाले जोखिम बढी हुने बताए । उनले भने, ‘विभिन्न माध्यमबाट भारतबाट र बाहिरी जिल्लाबाट चितवन आउने क्रम जारी रहेको हुनाले यहाँ जोखिम बढी छ ।’ उनले चितवनका वडा कार्यालयहरुले क्वारेन्टाइनलाई बलियो बनाउन सकेनन् भने कोरोनाको अवस्था नियन्त्रणभन्दा बाहिर जाने चेतावनी दिए ।

प्रमुख तिवारीले भने, ‘आन्तरिक जोखिम चितवनमा छैन, तर बाह्य जोखिम बढी छ ।’ वडामा आउने नयाँ जोकोहीलाई १४ दिन क्वारेन्टिनमा राखिएका भने अवस्था जटिल हुन सक्ने उनको चेतावनी थियो ।’

भारतबाट एम्बुलेन्समा आए

भरतपुर–६, केशरबागका संक्रमित दुई जना भारतको दिल्लीबाट एम्बुलेन्समा आएका हुन् । दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरु यही जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर आएका थिए ।

७४ वर्षीय पुरूष र ७३ वर्षीया महिलाको भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु दम्पती हुन् । उनीहरुसँगै दिल्ली गएको जेठो छोरामा भने संक्रमण देखिएको छैन ।

‘संक्रमित श्रीमान्श्रीमती घरमै क्वारेन्टाइनमा थिए, उनीहरु कतै पनि बाहिर हिँड्डुल गरेका छैनन्, त्यसकारण पनि गीतानगर क्षेत्रमा त्यति धेरै खतरा छैन’, भरतपुर–६ का वडाध्यक्ष हरिविलास कोइरालाले भने ।

सो ठाउँमा भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले कन्ट्याक्ट ट्रेसिङ गरेको छ । संक्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि नआएको बताइएको छ । संक्रमितको घरमा आठ जनामात्रै बस्दै आएका थिए । उनीहरुको एक सातापछि पिसिआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ ।

संक्रमितको घरनजिकको बाटो सिल

भरतपुर महानगरपालिका–६, केशरबागस्थित कोरोना संक्रमितको घरनजिकको बाटो सिल गरिएको छ । संक्रमितको घर भएको नवज्योति टोलको एउटा बाटोलाई सिल गरिएको भरतपुर–६ का वडाध्यक्ष हरिविलास कोइरालाले जानकारी दिए । सिल गरिएको बाटोमा आवतजावतमा कडाइ गरिएको उनले बताए ।

यता, जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना संक्रमितहरुको सम्पर्कमा आएका व्यक्तिहरुको ‘कन्ट्याक्ट ट्रेसिङ’को काम सुरू गरेको छ । संक्रमितहरु भारतबाट आएदेखि नै घरको माथिल्लो तलामा बसेर सतर्कता अपनाएका थिए ।

संक्रमितहरु ७४ वर्षीय पुरूष र ७३ वर्षीय महिला रहेका छन् । क्यान्सरको उपचारका लागि उनीहरुसँगै भारत गएर आएका छोरामा भने कोरोना संक्रमण देखिएन । संक्रमितहरु जेठ ३ गते एम्बुलेन्सबाट घर आएका थिए ।

संक्रमितहरुलाई कोरोना अस्थायी अस्पतालमा राखिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए ।

थप सतर्कता अपनाउन महानगरको आग्रह
भरतपुर महानगरपालिका वडा नं–६ स्थित केशरबागमा शुक्रबार एकैदिन दुई जना वृद्धवृद्धामा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर महानगरपालिकाले थप सतर्कता अपनाएको छ ।

आफ्नै स्थानीय तहमा संक्रमितको संख्या देखिइसकेपछि थप नगरवासीमा संक्रमण देखिन नदिन महानगरले शुक्रबारदेखि नै थप सतर्कता अपनाउँदै लकडाउन अवधिभर घरभित्रै बसिदिन महानगरवासीलाई आग्रह गरेको हो ।

संक्रमणको जोखिम झन् बढ्दै गएकोले सबैले धैर्यताका साथ घरभित्रै बसेर सहयोग गरिदिन महानगरले सूचना जारी गरेको हो । पसल तथा व्यवसाय गर्नेहरुले पनि स्थानीय प्रशासनले तोकेको निश्चित समयसम्ममात्रै सञ्चालन गर्न महानगर प्रमुख रेनु दाहालले आग्रह गरिन् ।

’महानगरभित्र सबै वडामा न्यूनतम १० शøयाको क्वारेन्टाइन स्थापना भइसकेकोले विदेश तथा बाहिरी जिल्लाबाट आएका कोही भएमा सम्बन्धित वडामा स्थापना गरिएका क्वारेन्टाइनमा बसेर आफू र समाजप्रतिको दायित्व पूरा गरिदिन अपिल गर्दछु’, उनले भनिन् ।

शुक्रबार थप दुई जनामा कोरोना संक्रमण देखिएपछि चितवनमा मात्रै कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । तीमध्ये दुई जना पूर्णरुपमा निको भएर घर गइसकेका छन् भने छिमेकी जिल्ला नवलपुर घर भई उपचारका लागि भारतबाट भरतपुर आएका एक पुरूष भरतपुरको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत छन् ।@chitwanpost

बाट थप

  • आजको अमेरिकी डलर मूल्य सार्वजनिकआजको अमेरिकी डलर मूल्य सार्वजनिक
  • फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदाफाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा
  • आजको मौसम पूर्वानुमानआजको मौसम पूर्वानुमान
  • मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    खेलकुद महोत्सवमा कराँते: ब्रह्मपुरलाई ६ स्वर्ण, हिमालयनलाई दुई

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    कक्षा १२ मौका परीक्षाको नतिजा सार्वजनिक

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    आज कोशी र गण्डकीका हिमाली क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइरहेको छ

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    हमासद्वारा नेपाली विद्यार्थी विपिन जोशीको शव इजरायललाई हस्तान्तरण

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    इजरायल र हमासबीच पहिलो चरणको शान्ति सम्झौता, ट्रम्पले भने: “महान् दिन

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    विपिन जोशीको बोल्दाको भिडियो पुरानो भएको पुष्टि

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    चितवनमा रोकिएका सवारीलाई गन्तव्यतर्फ जान प्रहरीको अनुरोध

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    राशि अनुसार यस्तो छ आजको भाग्यफल

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    आज देशभर श्रद्धा र उल्लाससहित काग तिहार मनाइँदै

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    टी–२० विश्वकप छनोट : नेपाल आज युएईसँग ‘एल क्लासिको’ भिडन्तमा

    यस्तो छ तपाइको आजको राशिफल

    यस्तो छ तपाइको आजको राशिफल

    मंगलबारको राशिफल : असोज २८, २०८२

    मंगलबारको राशिफल : असोज २८, २०८२

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    टी–२० विश्वकप छनोट : नेपाल आज कतारसँग चौथो जितको खोजीमा

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    देशभर आज मौसम सामान्य, पहाडी भूभागमा आंशिक बदली

    समाचार
    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    आजको अमेरिकी डलर मूल्य सार्वजनिक

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    फाल्गुनन्द जयन्तीमा कोशी प्रदेशभर सार्वजनिक बिदा

    आजको मौसम पूर्वानुमान

    आजको मौसम पूर्वानुमान

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    मङ्गलबारको राशिफल: आज कसको भाग्य खुल्दै छ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    आज कुन विदेशी मुद्राको भाउ कति ?

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑