जेठ, चितवन। नारायणी नदिमा डुबेर दुई युवक वेपत्ता भएका छन् । भरतपुर -१६ स्थित गणेश मन्दिर नजिक बाट २ जना बेपत्ता भएका हुन्। स्थानीयवासिका अनुसार राधाकृष्ण टाेलका बिबेक भटराई र “प्रविन दवाडी ” वेपत्ता भएका हुन् । वेपत्ता दुवैको खोजी भइरहेको वडा प्रहरी इन्चार्ज दिनेश भण्डारीले बताए । घटनाको
नारायणी नदिमा डुबेर दुई युवक हिजो वेपत्ता भएका थिय । उनीहरु भरतपुर -१६ स्थित गणेश मन्दिर नजिक बाट २ जना बेपत्ता भएका हुन्। २५ बर्षिय प्रबिण दवाडी साथिहरु सङ्ग हिजो दिउँसो नारायणी नदिमा पौडी खेल्ने क्रममा उनले साथी बिबेक भट्टराई लाइ बचाउन खोज्दा साथी बिबेक भट्टराई सहित उनी नारायणी नदिमा बेपत्ता भएका हुन्, खोजी गर्दा आज १२.३० बजे चितवनकै गाजापुर क्षेत्रपर्ने नारायणी नदि किनारमा “प्रविन दवाडी ” को पार्थिव शरीर भेटिएको उनको साथी बिबेक भट्टराई भने अझै बेपत्ता नै रहेका छन् , खोजी कार्य जारी नै रहेको छ।
एकजना प्रविन दवाडी शब भेटिनु र अर्को बिबेक भट्टराईको नभेटियाको भन्ने खबरले साह्रै नै स्तब्ध र दुखी बनायको परिवार जन्ले बताउनु भयकोछ।
जे नहुनु पर्ने थियो आज हामिले त्यो भोग्न बिवस हुनु पर्यो , यति सानै उमेरमा हामीबाट सदाको लागि बिदा भएर गयपनि बाबू तिमी यादहरु सधै हामी माझ रहने छौ भनि परिवार ले आफुले आफुलाई सान्तोना दिदै मन् बुजानु भयको छ , समयनै प्रतिकुल भै रहेको अवस्थामा तिमिलाइ अन्तिम श्रद्धाञ्जली दिन आउन नसके पनि हामी यहिबाट आफ्नो प्यारो भाइलाई अन्तिम बिदाइ गर्न बिवशछौ भन्दै दाजु गोबिन्द कोइरालाले जानकारी दिनुभयो।
दाजु गोबिन्द कोइराला ले प्रविन दवाडी लाई सम्झदै भन्नुभयो सानै उमेरमा सबैको प्यारो र पढाइमा तिम्रो लगन र मेहनत,अनुशासन, यी सबै कुराले तिमी हाम्रो परिवारको दियो थियौ बाबू , यो थोरै दिनको बसाईमा कहिल्यै नबिर्सने र कहिल्यै ननिभ्ने ज्योति बनेर भगवान को प्यारो भयौ , बाबू तिम्रो बैकुण्ठमा बास होस , तिम्रो आत्माले शान्ती पावस , हार्दिक श्रद्धाञ्जली ! स्वर्गमा पनि तिमिलाइ कुनै दुख नपरोस् ,यी सबै तिम्रा लागि अन्तिम शब्दहरु लेख्दा मेरो मुटु कामिरहेको छ भन्दै दाजु गोबिन्द कोइरालाले गहभरि आसु बनाउदै मन् बलियो बनायर स्वोर्गीय भाइको कामना गर्नु थियो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस