जेठ, चितवन । भरतपुर महानगरपालिका २५ स्थित अमृतनगरमा खानेपानी वितरण र ब्यबस्थापनको जिम्मा पाएको अमृत खानेपानीसमिति बेला बेला विवादास्पद गतिबिधी गर्दै विवादमा तानिदै गर्नु सामान्य जस्तै भएको छ।
गत पुष ९ गते समितिका अन्य सदस्यको समर्थन बिना अध्यक्ष नारायण रेग्मी,कोषाध्यक्ष माधब आचार्य र कार्यवाहक सचिव कृश्न हरि जमरकट्टेलको निर्णयमा प्रक्रिया नपुर्याइ बिनाटेन्डर सामान खरिद र कर्मचारी नियुक्ती गरेपछी समिती भित्र र बाहिर उपभोक्ता तथा सरोकारवालाले चर्को बिरोध गरेका थिए। अहिले पाँच महिना नबित्दै गत जेष्ठ ३ गते फेरि पनि बिना प्रक्रिया समितिका अन्य सदस्य हरुको बिरोधका बाबजुद थप दुइ जना कर्मचारी नियुक्त भएपछि समिती भित्रै र उपभोक्ता आक्रोशित भएका छन ।
अमृत खानेपानीले यहि जेष्ठ ३ गते बाट खानेपानीको मिटर बितरण र रिडिङ कार्य सुरुवात गरेको हो। जस्को लागि विषम परिस्थितिमा सबै प्रक्रिया पुराउन नसकिएको कर्मचारी नियुक्त गर्ने समिती सदस्य हरुको धारणा रहेको छ। तर समितिकै अन्य सदस्य तथा स्थानीय हरुले भने खानेपानी समितिमा भ्रष्टाचारको गन्ध आएकोले बिना प्रक्रिया भएका निर्णयहरु तत्काल फिर्ता लिन र त्यसो नभए समितिको कार्यलयमा ताल्चा लगाउन बाध्य हुने बताएका छन।@ichhakhabar
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस