भारतमा एकैदिन कोभिड-१९ का ५२४२ संक्रमित थपिएका छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा कोभिड १९ का ५२४२ नयाँ संक्रमित थपिएका हुन् ।
यो सँगै भरातमा कोरोना संक्रमितको संख्या ९६,१६९ पुगेको छ । अधिकारीहरुका अनुसार भारतमा एकै दिन कोरोना संक्रमित थपिएको यो सबैभन्दा ठूलाे तथ्याङ्क हो ।
मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १ सय ५७ जनाको मृत्यु भएको छ। यस्तै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०२९ पुगेको छ ।
संक्रमित मध्ये ३६८२३ जना उपचारपछि निको भएका छन् । हप्तौँ देखि भारतमा लकडाउन जारी रहे पनि भाइरस संक्रमणको क्रम घट्न सकेको छैन ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस