जेठ , काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले कोरोना भाइरस संक्रमणका कारण आमा गुमाएका शिशुको भरणपोषण र उच्च शिक्षाको जिम्मा लिने भएका छन्।
पूर्व सूचना तथा सञ्चारमन्त्री समेत रहेका बस्नेतले कोरोना भाइरसका कारण ज्यान गुमाएकी सिन्धुपाल्चोकको बाह्रविसेकी महिलाको छोराको भरणपोषण र उच्च शिक्षाको जिम्मा लिने भएका हुन्।
नेता बस्नेतले बच्चालाई आवश्यक पर्ने पौष्टिक आहारका लागि ५० हजार रकम सहयोग गर्ने पनि घोषणा गरेका छन्। बच्चा र उनका बुबा हाल धुलिखेल अस्पतालमा छन्। अस्पतालबाट फर्किए लगतै घोषणा गरेको रकम हस्तान्तरण गर्ने उनको योजना छ।
कोरोनाबाट आमाको मृत्यु भएको र परिवारको समेत आर्थिक अवस्था कम्जोर रहेका कारण आफूले सहयोग गर्न लागेको नाते बस्नेतको भनाई छ। कक्षा १ देखि १२ कक्षासम्म अध्ययनकालागि निशुल्क व्यवस्था गर्ने र उच्च शिक्षाको लागि पनि पहल गर्ने नेता बस्नेतले बताए।
यसै बीच महिलाका परिवारजनको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । महिलाकी १३ दिने शिशु सहित श्रीमान, माइतीतर्फको आमा र बहिनीको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस