काठमाडौं । कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि काठमाडौं उपत्यकाका विभिन्न १० ठाउँमा सिल गरिएको छ ।
त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको प्रसुती गृहको आंशिक भाग, टिचिङकै न्यूरो वार्ड, बौद्ध क्षेत्रको कपन राधाकृष्ण मन्दिर क्षेत्र, चन्द्रागिरी नगरपालिका, बालाजु चोक, कालिमाटीका– १३ आसपासको ३ सय मिटर क्षेत्र सिल गरिएको छ ।
ललितपुरको पुल्चोक निदान अस्पताल, भक्तपुरका शंखधर चोक आपपास, दुवाकोटको संक्रमितको घरवारपर, पाण्डु बजार, सल्लाघारी क्षेत्रमा पनि सिल गरिएको छ ।
सिल नगरिएका ठाउँमा पनि स्थानीयले भित्रि सडकमा तारबार लगाएर आवतजावत बन्द गराएका छन् । मुख्य सडकमात्र होइन भित्री गल्लीहरूमा पनि मानिसहरूको आवातजावत कम भएको छ ।
कतिले आफ्नो टोलको गल्लीमा तारबार नै लगाएका छन् । काठमाडौं र पाटनका गल्लीहरूमा विभिन्न सूचनाहरू टाँसेर बाटो रोकिएको छ । त्रिवि शिक्षण अस्पतालमा प्रसुती गराएर फर्किएकी सिन्धुपाल्चोक बाह्रबिसेकी महिलाको कोरोना संक्रमणबाट ज्यान गरेपछि त्यस क्षेत्रमा थप कडाइ गरिएको छ ।
उपत्यकामा कोरोनाको संक्रमण फैलिँदै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अत्यावश्यक सामग्रीबाहेक अन्यलाई आवजावतमा रोक लगाएको थियो भने काठमाडौंका गल्लीमा हिँड्ने मानिसहरू समेतलाई पक्राउ गर्ने आदेश प्रहरीलाई दिएको थियो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस