कोरोना भाईरस (कोभिड–१९) का कारण विश्व व्यापार नै ठप्प भएको बेला नेपाल पनि त्यसको प्रत्यक्ष प्रभावमा ठप्प भएको छ ।यो विषम परिस्थितिमा मानव जाति नै संकटमा रहेको बेला आआफ्नो ब्यापार-व्यवसायलाई थपक्क छोडेर घर बसेका शैक्षिक परामर्श एबँ भाषा शिक्षण संचालन गर्ने व्यवसायीसंग भाडाको आश नगर्न, संकटको बेला सहयोग र सहकार्य गर्न लोकतान्त्रिक शैक्षिक परामर्श संघ (DECAN) नेपालका अध्यक्ष एबँ ओपरा एजुकेसनल कन्सल्टिङ्गका प्रबन्ध निर्देशक पदम भट्टराईले बताउनु भएको छ ।
उपत्यकामा पुतलीसडक, बागबजार, बानेश्वर, ललितपुर लगायतका विभिन्न स्थानहरु र उपत्यका बाहिर पोखरा, चितवन, घरान, झापा, बिराटनगर, बुटवल लगायत देशका अन्य स्थानमा शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि व्यवसाय संचालन गरेका हाम्रा तमाम ब्यवसायीहरु प्रति थोरै भए पनि मानवीय सहयोग होस् भन्ने उद्देश्यले आफुले कम्तिमा २ महिनाको घर भाडा छुट दिन आव्हान गरेको र यसको लागि घरभेटी, सम्बन्धित स्थानीय निकाय र सरकारी संयन्त्र संग समेत परामर्श गरिरहेको कुरा ECAN का पुर्ब कार्यसमिति सदस्य समेत रहेका भट्टराईले बताउनु भएको छ ।
“हाम्रा व्यवसायी साथीहरुले अस्ट्रेलिया, अमेरिका, बेलायत, जापान, क्यानडा लगायतका मुख्य गन्तब्यका अन्तरास्ट्रिय विश्वबिधालय र कलेजहरुमा विद्यार्थीहरुलाई उच्छ शिक्षा अध्ययनका लागि पठाउने गरेकोमा हाल ती सबै गन्तब्यहरु सम्बन्धित देशहरुले बन्द गरेको अवस्था छ” उनले भने । “यस्तो बेला आफुहरुको मर्कामा सरकारले ध्यान नदिएको तर सरकारसंग यो बेला गुनासो पनि छैन” ।
कोरोनाको प्रकोपले महामारीको रुप नलिओस र मानवीय क्षति नहोस भनी सरकारले सुरक्षाका लागि सिंगो नेपाललाई लक डाउन गरेको यो विषम परिस्थितिका बेला आफ्नो घर भाडामा दिनुहुने घरभेटीहरुलाई पनि मर्का पर्न गएको र सो को समस्या समाधनमा राहत पुग्ने उदेश्यले न्युनतम ६ महिनाको घर-बहाल कर छुट गराई दिन सम्बन्धित महानगरपालिका, नगरपालिका र गाउँपालिका संग पहल गरिने पनि बताउनु भयो ।
यसैगरी DECAN अध्यक्ष पदम भट्टराईले व्यवसायीका हितमा क्रीयाशील ईक्यान, फेकन, आईरिन लगायतका छाता सस्थाहरुसंग समेत छलफल गरि शैक्षिक परामर्श तथा भाषा शिक्षण संचालन गर्ने व्यवसायीहरुको हितमा लागि पर्ने कुरा बताउनु भयो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस