जेठ, काठमाडौं । पछिल्ला केही दिन यता नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेसँगै आफैँ पीसीआर परीक्षणका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुग्नेहरुको संख्या बढेको छ।
शनिबार साँझ कोरोना भाइरस संक्रमणकै कारण एक महिलाको मृत्युको सूचना सार्वजनिक भएसँगै उपत्यमा बसोबास गरिरहेका र विदेशबाट फर्किएका व्यक्तिहरुमध्ये पीसीआर परीक्षणका लागि आफैँ अस्पतालसम्म पुग्नेहरुको संख्यामा वृद्धि भएको अस्पतालले जानकारी दिएको छ।
उनीहरुको परीक्षणका लागि अस्पताललाई भ्याइनभ्याई भइरहेको छ। दिन प्रतिदिन संक्रमितको संख्या बढ्न थालेसँगै धेरै मानिसहरु आफ्नो स्वास्थ्यलाई लिएर अझै बढी संयमित बनिरहेका छन्। संक्रमण फैलिन नदिनका लागि सरकारले देशभर लकडाउन गरेको छ।
हालसम्म नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ।
योसँगै संक्रमित भएमध्ये ३६ जना संक्रमित निको भएर घर फर्किसकेका छन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस