• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • बिजनेश
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Advertisement
SKIP THIS
आज: २०८२ श्रावण १, बुधबार | Wed, 16, Jul, 2025
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिजनेश
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

रातभर छटपटाइरहे, एम्बुलेन्स चालक पनि मानेनन्, क्वारेन्टाइनमै गयो ज्यान

२०७७ जेष्ठ ४, आईतबार मा प्रकाशित अनुमानित पढ्ने समय : १ मिनेट
रातभर छटपटाइरहे, एम्बुलेन्स चालक पनि मानेनन्, क्वारेन्टाइनमै गयो ज्यान


Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

जेठ, काठमाडौं । बाँकेका २५ वर्षीय युवाको कोरोना संक्रमणबाट ज्यान गयो। भारतबाट वैशाख ३० गते नेपाल आएका ती युवा बाँकेको नरैनापुर गाउँपालिका-५ को क्वारेन्टाइनमा बसेका थिए।

जुन क्वारेन्टाइनमा यसअघि नै दुई जनामा कोरोना पोजेटिभ देखिइसकेको थियो। आइतबार मृत्यु भएका ती युवामा भने कोरोनाको कुनै लक्षण थिएन। यद्पि मृतकसहित क्वारेन्टाइनका सबैको स्वाब परीक्षणकै क्रममा थियो।

तर, शनिबार राति एक्कासि उनको श्वासप्रश्वास समस्या आयो। नरैनापुर गाउँपालिकाको एम्बुलेन्स एक जना गर्भवतीलाई लिएर अस्पताल गएको थियो।

गाउँपालिकासँग एम्बुलेन्स नभएपछि अर्को एम्बुलेन्सका लागि पहल गरियो। तर, एम्बुलेन्स चालकका लागि सुरक्षासामग्री नभएकाले अरु एम्बुलेन्स चालक पनि आउन मानेनन्।
उता कोरोना संक्रमित युवा छटपटाइरहे। तारन्तर बान्ता गरिरहे। अन्तत: आइतबार बिहान ६:४० उनले देहलीला त्याग गरे।

अस्पतालसम्म पुग्न नै नपाई यसरी अन्त्य भयो एक सुन्दर जिन्दगीको। सायद उपचार पाएको भए उनलाई जोगाउन पो सकिन्थ्यो कि भन्दै बिहानैदेखि स्थानीय आन्दोलित बनेका छन्।

उनीहरूले चिकित्सक र स्थानीय सरकारसँग आक्रोस पोखिरहेका छन्। र, भन्दै छन् अब यो क्वारेन्टाइनको विकल्प खोजिनुपर्छ। जहाँ केही सुरक्षा व्यवस्था भएको होस्।

तर, गाउँपालिका त्यसको विकल्प दिन सक्ने अवस्थामा छैन। नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाह यतिबेला आफै तनावमा छन्।

जनताले अर्को क्वारेन्टाइनको माग गरिरहेका छन्। निर्माण गरिएका सबै क्वारेन्टाइन भारतबाट आएका नागरिकले भरिभराउँछन्। बाँकी रहेका गाउँपालिकाका दुई/तीन स्कुल वस्तीको बीचमा छन्। अध्यक्ष शाहका अनुसार त्यसैले गाउँपालिकामा अन्यत्र क्वारेन्टाइन बनाउन सक्ने अवस्था नै छैन।

‘गाउँपालिकाका विभिन्न क्वारेन्टाइनमा ७ सय १८ जना नागरिक छन्। मृतक रहेको नरैनापुर-५ कै क्वारेन्टाइनमा पनि २६ जना छन्। यस्तो बेला उनीहरूलाई कता लैजाने? कसरी व्यवस्थापन गर्ने?’, उनले भने। उनले गाउँपालिकाभर १३ वटा क्वारेन्टाइनमा नागरिकहरूको व्यवस्थापन गरिएको जानकारी दिए।

यसमा गाउँपालिकाले मात्र केही गर्न नसक्ने भएकाले केन्द्र र प्रदेश सरकारबाट नै ठूलो सहयोग हुनुपर्ने उनी बताउँछन्। अहिले गाउँपालिकामा चिकित्सक र चिकित्सकीय सामग्रीकै अभाव रहेकाले पनि आफूहरूले निकै सास्ती खेप्नुपरेको उनको भनाइ छ।

परीक्षणमै ढिलाइ

उक्त क्वारेन्टाइनमा रहेका दुई जनामा केही दिन पहिले कोरोना पोजेटिभ देखिसकेको थियो। उनीहरूको दाङको बेलझुन्डी कोरोना अस्पतालमा उपचार भइरहेको छ।

दुई जना संक्रमित भेटिसकेको अवस्थामा त्यो क्वारेन्टाइनमा रहेका सबैको चाँडोभन्दा चाँडो पिसिआर परीक्षण हुनुपर्थ्यो। तर, त्यो हुन सकेन।

स्वास्थ्यमा समस्या देखिसकेपछि तुरुन्तै जसरी पनि अस्पताल लैजाने व्यवस्था गरिनुपर्थ्यो। त्यो पनि हुन सकेन। जसले गर्दा एक जनाले अनाहकमै ज्यान गुमाउनु पर्यो।मृतक युवाको शव व्यवस्थापनको काम नेपाली सेना र प्रहरीले गरिरहेको गाउँपालिका अध्यक्ष शाहले बताए। भारतीय भूमिसँग जोडिएको उक्त गाउँपालिकामा अहिले पनि भारतबाट लुकिछिपी आउनेहरू रोकिएका छैनन्।

कमजोर तयारीको परिणाम

यसले सरकारको तयारी नै कमजोर रहेको छताछुल्ल पारिदिएको छ। कुनै गाउँपालिकामा ७ सय १८ जना कोरोनाको आशंका गरिएका नागरिक क्वारेन्टाइनमा हुनु र एउटा एम्बुलेन्स पनि तयारी अवस्थामा नरहनुले कमजोर व्यवस्थापन छताछुल्ल भएको हो।

यस्तो ठाउँमा त सरकारले चिकित्सक र अन्य आवश्यक सामग्रीलाई पूरै अलर्ट अवस्थामा राख्नुपर्थ्यो। अझै पनि सरकारले यो घटनाबाट पाठ सिकेर बलियो तयारी गर्नुपर्ने स्थानीयको माग छ। सरकारको कमजोर तयारी रहेकैले आफूहरू उक्त क्वारेन्टाइनको बिकल्प खोजिरहेको स्थानीयले बताएका छन्।

मृतक युवाको शव व्यवस्थापनको काम नेपाली सेना र प्रहरीले गरिरहेको गाउँपालिका अध्यक्ष शाहले बताए। भारतीय भूमिसँग जोडिएको उक्त गाउँपालिकामा अहिले पनि भारतबाट लुकिछिपी आउनेहरू रोकिएका छैनन्।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ। यसअघि गत बिहीबार मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा पनि कोरोना संंक्रमण पुष्टि भएको थियो।@हेल्थपाेस्ट

बाट थप

  • लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृतलुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत
  • नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबानेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा
  • गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामागौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा
  • भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्युभरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु
  • प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

    १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का

    सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    सडक किनारैभरि ‘असारे फूल’ फुल्दा उर्लाबारीको रूप फेरियो

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

    मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछः प्रधानमन्त्री

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    हाल देशभरका कुन कुन सडकखण्ड छन् अवरुद्ध ?

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    रास्वपाले बोलायो संसदीय दलको बैठक

    एमालेको सचिवालय बैठक शुरु

    एमालेको सचिवालय बैठक शुरु

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    मन्त्रिपरिषद्को बैठकका १५ निर्णय सार्बजनिक

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    शिवनगर प्राथमिक स्वास्थ्य केन्द्र र अग्नि इन्कर्पोरेटेडबीच एम्बुलेन्स खरिद सम्झौता

    आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

    आलिया भट्टलाई ठग्ने बेदिका प्रकाश पक्राउ, जान्नुहोस पुरै मामिला

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    दीपकराज गिरीले गरे समिक्षा र एलिनाको प्रसंशा

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    नवलपरासी पूर्वको वैकल्पिक सडक पनि पूर्ण रुपमा अवरुद्ध

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    सुनसहित भारतीय महिला एअरपोर्टवाट पक्राउ

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    गायिका एलिना र समिक्षाले भेटे गृह मन्त्री, भेट पछि यसाे भन्छिन एलिना

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    रास्वपाका सांसदद्वय गौतम र ढकालको भारतका पूर्वउपराष्ट्रपति नायडूसँग भेटवार्ता

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    लेटाङमा नेपालकै सबैभन्दा ठूलो जातो

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    राकेश मारियाको बायोपिकपछि रोहित शेट्टीले ‘गोलमाल ५’ सुरु गर्ने

    समाचार
    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    नेपालमा पनि धर्म परिवर्तन केन्द्र खोल्ने योजनामा थिए छांगुर बाबा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    भरतपुर अस्पतालको सेफ्टी ट्यांकीमा खसेर पाँच बर्षीया बालिकाको मृत्यु

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    यसरी समातियो बाँके र सुर्खेतमा अफिम र नक्कली नोटको कारोबारमा संलग्न गिरोह

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन |सम्पर्क | हाम्रो बारेमा |हाम्रो टीम Designed by: GOJI Solution
    ↑