
जेठ, काठमाडौं । बाँके नरैनापुर गाउँपालिका वडा नं.५ स्थित क्वारेन्टाइनमा आइतबार विहान एक युवकको मृत्यु भएपछि गाउँपालिकाको ब्यवस्थापन र प्रभावकारी तयारी बारे प्रश्न शुरु भएको छ । गतसाता बुधवार भारतको मुम्बईबाट आएका नरैनापुर ५ बस्ने युवकको क्वारेन्टाइनमा राति ३ बजे मृत्यु भयो, त्यहाँ खटिएका स्वास्थ्यकर्मी अहेब दिनेश मौर्य, मटेहिया स्वास्थ्यचौकीका इन्चार्ज प्रेम बुढा दुबै जना क्वारेन्टाइन क्षेत्रमा थिएनन् । विहान पुगेका उनीहरुलाई क्वारेन्टाइनमा बसेका युवाहरुले भित्र पस्न दिएनन् । त्यसपछि मृत्युको खबर पूरै क्षेत्रमा फैलियो । गाउँबाट आफन्त, परिवार र अन्य ब्यक्तिहरुको ठूलो उपस्थितिले नरैनापुरको ब्यवस्थापनको पोल खोल्न थाल्यो ।
क्वारेन्टाइन ब्यवस्थापन गरिरहेका नरैनापुर गाउँपालिका वडा नं.६ का वडा सचिव जीवनलाल यादव पनि सम्पर्क विहीन थिए । तत्कालै प्रहरी बल बढाइयो । स्थानीय क्षेत्रमा हुन सक्ने तनावलाई मध्यनजर प्रहरी तैनाथ गरिएको ईलाका प्रहरी कार्यालय भगवानपुरका इन्चार्ज मान बहादुर बिसीले भने, हाम्रो काम सुरक्षाको हो । विहान १० बजे सम्म गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रा बाहेक कुनै स्वास्थ्यकर्मी, वा अन्य कर्मचारी घटना स्थलमा पुगेनन् ।
स्वास्थ्य संयोजक मोइन खाँले आफु नेपालगन्ज नै बस्दै आएको बताएका छन् । म त्यस क्षेत्रमा चाहिने सामाग्री खरीदको जिम्मा पाएको छु, नेपालगन्ज न्युज संग कुरा गर्दै उनले भने, त्यहाँ स्वास्थ्यकर्मी परिचालन गर्ने जिम्मेवारी मेरो हो, मैले गरेको थिएँ, अब कोही भागेछ भने त्यसको जिम्मा लिन सक्दैन । गाउँपालिकामा अहिले केहि बेर पछि नयाँ रणनीति सहित योजनाहरु अघि बढाउन आपतकालिन बैठक बस्ने तयारी छ । मृतको शव अझै खुल्ला विद्यालयको ग्राउनमा नै रहेको छ ।
हिजो शनिवार स्वाब संकलन भएकोले उक्त रिपोर्ट आएपछि मात्र थप के गर्ने भन्ने बारे प्रष्ट हुन्छ, नरैनापुरका सूचना अधिकारी लक्ष्मीकान्त मिश्राले बताए । आफ्नो साथीको सव त्यत्तिकै रहेको अवस्थामा आफु खाना र नास्ता केहि खाने र आफुलाई घर पठाउनु पर्ने माँग क्वारेन्टाइनमा बस्ने युवाहरुले अघि सारेका छन् । क्वारेन्टाइन हाम्रो लागि असुरक्षित छ, एक युवाले भने, हामीलाई घर नपठाए हामी आन्दोलन अघि बढाउँछौं ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस