
काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको आजै राति राजधानीको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ।
सुरक्षास्रोतका अनुसार उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो ।
यस्तै महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी पनि पशुपति पुगेको उच्च स्रोतले बतायो ।
मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।
तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस