• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ ८, बिहिबार  | Thu, 22, Jan, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं, तपाईं के गर्दै हुनुहुन्छ ?

May 16, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ५ मिनेट
हामी चाउचाउ खाएर कोरोनासँग लड्दैछौं, तपाईं के गर्दै हुनुहुन्छ ?

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

माननीय स्वास्थ्यमन्त्रीज्यू,

नमस्कार !

म वीरगञ्जका कोरोना संक्रमित दुई पत्रकारमध्येको एक हुँ । अर्का पत्रकारलाई तपाईं व्यक्तिगत रुपमा चिन्नुहुन्छ । उहाँ मन्त्रीज्यूको फोन आयो भनेर मसँग खुसी हुँदै हुनुहुन्थ्यो ।

म भने खुसी हुन सकेको छैन । मलाई आत्मबल बलियो बनाएर मात्र कोरोना भाइरसलाई जित्न सकिँदैन भन्ने लाग्न थालेको छ । रोग प्रतिरोधात्मक क्षमता बढाउन संक्रमितलाई पौष्टिक खाना, सरसफाइ, उपचारलगायतका मापदण्डबारे तपाईंलाई बताइरहनु पर्दैन । किनकी तपाईंको हातमा स्रोतसाधन र वरपर विज्ञ सल्लाहकार रहेका छन् ।

हामी अस्पताल आएको शुक्रबार ६ दिन भयो । संक्रमितको रुपमा अस्पतालमा बसाई‌‌को अनुभव तपाईंलाई सुनाउन यो पत्र लेख्दैछु । बारा र पर्सामा आइतबार दुई पत्रकारसहित ३९ जनामा कोरोना संक्रमण देखिएछ । अरू बेलामा संक्रमितलाई लिन जाँदा काउन्सिलिङ गर्ने स्वास्थ्यकर्मीसमेत हुने गरेकामा हामी दुई पत्रकारलाई एम्बुलेन्स चालक र सुरक्षाकर्मीले अस्पताल ल्याए ।

नारायणी अस्पतालको प्रसूति वार्डमा तयार पारिएको आइसोलेसनलाई नगन्हाउनेसम्म बनाइएको रहेनछ । पहिला १२ वटा बेड रहेको कोठामा अहिले आठ बेड राखिएको रहेछ । दुईवटा बेडका लागि एउटा पंखा छ । कोठाको एक छेउमा सामूहिक धारा छ ।

आइसोलेसन वार्ड बनाइएको प्रसूतिका तीन कोठामा २३ जना संक्रमित राखिएको छ । २३ जनाका लागि दुईवटा शौचालय छ, एउटामा ढोका छैन । प्यानको कुरा गरिसाध्य छैन, भुइँ र भित्ता काईले छोपिएको छ । सफा भन्न नमिल्ने बाथरुम पनि सामूहिक नै छ । यसलाई दैनिक एकपटक सफा गरिदिने व्यवस्था मिलाउन सकिन्छ कि ?

अब कुरा गरौं, खानेकुराको । पहिलो रात दाल–भात, तरकारी खाएर सुत्यौं । बिहान खाजामा दूध, अण्डा र पाउरोटी आयो । म अण्डा खान्न । खाना ११ बजे आयो, दिउँसोको खाजामा चाउचाउ मिल्यो ।

अर्को बिहानको खाजामा बिस्कुट र दुई–दुईवटा अण्डा थियो । अण्डा नखानेका लागि एउटा टाइगर बिस्कुट । दिउँसोको खाना ढिलै आयो । भोकले रन्थनिन थालेपछि केही साथी कराउन थाले, सुनिदिने कोही थिएनन् । मान्छे त्यसै झ्याल फोडेर भाग्ने अवस्था आएको हैन नि मन्त्रीज्यू !

चौथो दिन बिहान पनि मेरो लागि खाजा गतिलो भएन–अण्डा नखाने भएपछि उही एउटा टाइगर बिस्कुटले गुजारा गर्नु पर्‍यो । मैले मेरो बालक छोरालाई नै बिहान दुईटा यो टाइगर बिस्कुट दिने गरेको थिएँ । अहिले उसको बाउले एउटा टाइगर खाएर कोरोना भाइरससँग लड्नु परेको छ । पिरो खाँदै नखाने मान्छे, भयंकर पिरो खानुपर्ने बाध्यतामा छु ।

अस्पतालले सकेको खुवाएको छ । यसमा सरकारी सहयोग बढाउनुपर्ने देखियो, मन्त्रीज्यू ।

हामीले तातो पानीका लागि पनि ठूलै कसरत गर्नु पर्छ । कोरोना पोजेटिभ हुँदा सबै शुभचिन्तकले तातोपानी खान सल्लाह दिएका थिए । तर, आइसोलेसन वार्डमा आउँदा चिसो पानीको समेत व्यवस्था थिएन । पहिलो रातको कुरा लेखिसकेकाले यहाँ दोहोर्‍याउँदिन ।

यो पनि पढ्नुहोस    म कोरोना पोजेटिभ छु, तपाईंहरू चिन्ता नलिनुस्

बिहान तातोपानीका लागि पहल गर्‍यौं । ९ बजेतिर तातो र चिसो पानी दिने एउटा इलेक्ट्रिक मेसिन आइपुग्यो । त्यो पनि सफा नगरी पठाएछन् । कपडा मगाएर पुस्ने–पखाल्ने काम गरियो । २३ जनालाई एउटा मेसिन र एक जार पानी । एकै छिनमा सकियो । यसबारे जानकारी गराएपछि महानगर प्रमुखले बल्ल बेलुका पानीका जार पठाइदिनुभयो ।

हामीले पानीका लागि छटपटिँदै त्यो दिउँसो कटाउन परेको थियो । कति साथीले त ढोका नै फोडुँला जस्तो गरे । बाँकीले सम्झाएर राख्यौं । कोरोना संक्रमितका कोठैपिच्छे एक–एक वटा मेसिन र जारको व्यवस्था गर्न सके सहज हुने थियो, मन्त्रीज्यू ।

कोरोनाविरुद्धको लडाइँमा व्यक्तिगत सरसफाइ महत्वपूर्ण हुने हुँदा आइसोलेसन वार्डहरूको सफाइबारे पनि मन्त्रीज्यूको ध्यानाकर्षण गर्न चाहन्छु । तपाईं पस्न डराउने ट्वाइलेट–वाथरुम हामी प्रयोग गर्दैछौं । तर हामी संक्रमितले सकेसम्म फरक चर्पी प्रयोग गर्नुपर्छ भनिएको छ । तर यहाँ हामी २३ जनाका लागि दुईवटा चर्पी छ । त्यसमध्ये एउटामा त ढोका पनि नभएकाले बिहान पालो पाउन मुस्किल पर्छ ।

भित्र हामी जसोतसो जब्बर भएर बसेका छौं । तर बाहिर सामाजिक व्यवहार बिग्रेको छ । हामी संक्रमित भएपछि हाम्रा परिवार र साथीहरू समेत दुर्व्यवहारमा पर्न थालेका छन् । छरछिमेकको व्यवहार बदलिएको छ । हाम्रा परिवार चिन्तित छन्, निश्चिन्त गराउने उपाय अपनाइएको छैन ।

त्यसो त आइसोलेसनमा पनि संक्रमितप्रति ठीक व्यवहार भइरहेको छैन । हाम्रा लागि चिडियाखानाको जस्तो ढोकामा खाजा–खाना ल्याएर छोडिन्छ । फेरि सबै संक्रमित सबै पक्षमा सचेत छन् भन्ने होइन । उनीहरूमध्ये कति डाक्टर, नर्स आएर नभेटेकोमा रुष्ट छन् ।

डक्टर–नर्स आएर ‘कस्तो छ ?’ भन्दा बिरामीको आधा दुःख दूर हुन्छ । तर, हाम्रो वार्डभित्र जम्मा एक पटक एउटी नर्स औषधि दिन छिरेकी थिइन् । त्यसपछि कुनै स्वास्थ्यकर्मी देखिएका छैनन् ।

हामी पत्रकारको त कुरा सेयर गर्ने दायरा पनि अलि फराकिलो हुन्छ । विभिन्न व्यक्तिका विविध कुराबाट पनि हामी आफूलाई सम्हाल्छौं । तर, सबै संक्रमित त्यो मानसिक स्थितिमा छैनन् । उनीहरूलाई खोई काउन्सिलिङ ? आइसोलेसनबाट भाग्ने अवस्था त्यसै आएको हैन, मन्त्रीज्यू ।

संक्रमित भनेको बिरामी हो । बिरामी भागे गोली ठोक्ने निर्णय आधुनिक युगको कुनै पनि सरकारबाट हुनुहुँदैन । उनीहरूलाई सामान्य मानवीय व्यवहार र काउन्सिलिङ गरे काफी हुनेछ मन्त्रीज्यू ।

आइसोलेसनमा वार्डमा ‘अनुशासनमा बसौं, सभ्य नागरिकको परिचय दिऔं’ लेखिएको छ । यो भनेको के हो ? संक्रमितलाई बुझाउन आवश्यक छ । बुझाउने काइदा पनि सभ्य नै हुनपर्दो हो ।

सामान्य व्यवहारिक जीवन बिताइरहेका नागरिकहरू आइसोलेसन वार्डमा आएका छन् । यीमध्ये कोही त धेरै दिन क्वारेन्टाइनमा बसेका पनि छन् । कोही काम गर्ने ठाउँबाट पैदल हिँडेर, ट्रक वा कन्टेनरमा कोचिएर फर्केका छन् । उनीहरूको मनोदशा मैले व्यक्त गर्न सक्ने कुरै भएन ।

हाम्रो स्वास्थ्य तपाईंको हातमा छ । आइसोलेसनभित्र, बाहिर सबैतिरको माहोल सुधार्न तपाईं र तपाईको टिम लाग्नुभएको छ । सफलता वा असफलता मूलतः तपाईंको क्षमताले निर्धारण गर्छ । कहाँ, के गर्नुपर्ने हो तपाईंलाई बताउन विज्ञहरू छन् ।

केही पूर्वतयारी नभएको बेला कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ । अहिलेलाई सबैकुरा तपसिलमा राखेर कोरोना भाइरसको ‘चेन’ भत्काउनु पर्नेछ । त्यसका लागि हामी जनता तयार छौं, मन्त्रीज्यू पो के गर्दै हुनुहुन्छ ?

सुरेश बिडारी

नारायणी अस्पताल, आइसोलेसन वार्ड@Onlinekhabar

बाट थप

  • यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने
  • मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
  • अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक
  • प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    आज बिहिबार: यस्तो छ तपाईंको राशिफल

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    सक्रिय अधिकारकर्मी मीना खरेलको उम्मेदवारीले चुनावलाई एकतर्फी होइन, कडा प्रतिस्पर्धात्मक बनायो!

    चितवनका तीनवटै निर्वाचन क्षेत्रमा राजनीतिक दल र स्वतन्त्र उम्मेदवार गरी ६५ जनाले मनोनयन दर्ता

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    बौद्ध दर्शन, अनुसन्धान र सामाजिक सेवामा सक्रिय कृष्ण लामा

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभाव, तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    आजको दिन आशा, प्रगति र सकारात्मक ऊर्जाले भरिएको

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन उद्योग वाणिज्य संघमा सदस्य नविकरणमा ऐतिहासिक कीर्तिमान

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    चितवन बन्यो इन्डो नेपाल टी–२० च्याम्पियन

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    पेट्रोल, डिजेल र हवाई इन्धन सस्तो, उपभोक्तालाई राहत

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    नेकपाद्वारा रेनु दाहाल चितवन–३ बाट संघीय निर्वाचनका लागि सर्वसम्मत उम्मेदवार सिफारिस

    समाचार
    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    यस वर्षको एसईई परीक्षा चैत १९ देखि २९ सम्म सञ्चालन हुने

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    मकवानपुरको सिमखोलामा बोलेरो दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    अमेरिकी डलरको भाउ पुनः उच्च विन्दुमा, अन्य विदेशी मुद्राको दर पनि सार्वजनिक

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    प्रेस काउन्सिलमा छ महिनामा १६३ उजुरी दर्ता

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    देशमा पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सुको सम्भावना

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑