जेठ, काठमाडौं । कपिलवस्तुका थप तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशालमा भैरहवामा भएको परीक्षणमा कपिलवस्तुको चन्द्रौटाका तीनजनामा संक्रमण पुष्टि भएको हो ।
नयाँ संक्रमितमा शिवराज नगरपालिका चन्द्रौटामा २५, ३४ र ४४ वर्षका पुरुष रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले बताएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २७६ पुगेको छ ।
यसअघि शनिबार बिहान जारी गरेको विज्ञप्ति मार्फत ६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो । शनिबार संक्रमण पुष्टि हुनेहरुमा बर्दिया, सिरहा, पर्सा, सर्लाही र चितवनका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस