
जेठ, चितवन । चितवनमा आज (शनिबार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पूर्वीचितवन राप्ती नगरपालिका–२ गड्यौली निवासी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित व्यक्ति चितवनमा छन् या काठमाडौंमा भन्ने बारे थाह नभएको राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले
बताउनुभयो । अन्य विवरण भने अाउन बाकि रहेकाे मेयरले बताउनुभएको छ।
योसंगै चितवनमा कोरोना संक्रमितको संख्या ३ पुगेको छ । तर दुई जना संक्रमित भने निको भएर घर फर्कि सकेका छन् ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस