जेठ, काठमाडौं । शनिबार नेपालमा चितवन, सिराहा, पर्सा, सर्लाही र बर्दियामा गरी ६ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना संक्रमितको संख्या २ सय ७३ पुगेको छ ।
मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीका अनुसार काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा बर्दियाको राजापुर नगरपालिका- ११ नार्खुका २८ वर्षकी महिला, सिरहा सखुवाका ३० वर्षका पुरुष, पर्साको वीरगञ्ज महानगरपालिका- १२ का २८ र २९ वर्षका पुरुष, सर्लाही रामनगरकी १८ वर्षकी महिला र चितवन गढौली की २५ वर्षकी महिलामा कोरोना संक्रमण भएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस