काठमाडौं । काठमाडौं महानगरपालिकाका ३१ जना कर्मचारीमा कोरोनाभाइरसको आशंका गरिएको छ । उनीहरुमा शुक्रबार आरडीटी विधिबाट कोरोना परीक्षण गरिँदा ३१ जनामा कोरोना पोजेटिभ देखिएको काठमाडौं महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख नरेन्द्र बज्राचार्यले रातोपाटीलाई जानकारी दिए ।
उनकाअनुसार आज महानगरपालिकाका फोहोरमैला उठाउने कार्यमा खटिनेसहित चालक, स्वयमसेविकालगायतका कर्मचारीमा कोरोना परीक्षण गर्दा ३१ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।
उनका अनुसार आज ६६४ जनामा आरडीटी टेस्ट र २६८ जनामा पीसीआर विधिबाट परीक्षण गरिँदा आरडीटी गरिएका ६६४ जनामध्येबाट ३१ जनामा कोरोना पोजेटिभ आएको हो । पीसीआरकाे रिपोर्ट भने आउन बाँकी छ ।
यस्तै आरडीटी पोजेटिभ देखिएका ३१ जनामा पीसीआर विधिबाट परीक्षण गरिएपछि मात्रै कोरोना भए-नभएको पुष्टि हुने उनले बताए । उनका अनुसार उनीहरुको पीसीआर परीक्षणका लागि स्वाब संकलन सुरु गरिएको छ ।
कोरोनाका संकास्पद बिरामीलाई हाल महानगरको वातावरण विभागले नै निर्माण गरेको क्वारेन्टाइनमा राखिएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस