भारतमा कोरोनाको संक्रमण बढे सगै माडीबासीहरु स्वदेश फर्कने क्रम बढदो
२०७७ जेष्ठ २, शुक्रबार मा प्रकाशित अनुमानित पढ्ने समय : ११ मिनेट
हेल्लो चितवन अन्लाईन्(४ साल अघि)
जेठ , चितवन । भारतमा कोरोनाको संक्रमण बढ्दै गएको सन्दर्भमा त्यहाँ रहेका अन्य नेपालीहरु झैं माडीबासीहरु समेत स्वदेश फर्कन प्रस्थान गरेका छन् ।
भारतको मुम्बई शहरबाट मात्रै २ वटा बसमा ७५ जना प्रवासी माडीबासीहरु स्वदेश फर्किन यात्रामा रहेको माडीका नगरप्रमुख ठाकुर प्रसाद ढकालले जानकारी दिनुभयो । एउटा बसमा ५० जना र अर्कोमा २५ जना नेपालतर्फ आइरहेको र उनीहरु केहि समयमै ठोरी वा सुनौली नाकामा आइपुग्ने आफूलाई जानकारी गराएको उहाँले बताउनुभयो ।
स्वदेश फर्किरहेकाहरुलाई उच्च सतर्कताका साथ सुरक्षित रुपमा नेपाल प्रवेश गराई माडीमै अनिवार्य २१ दिने क्वारेन्टाइनमा राखिने नगरप्रमुख ढकालको भनाई छ । यसका लागि चितवनका प्रमुख जिल्ला अधिकारी र वागमती प्रदेश सरकारसंग नगरपालिकाले समन्वय गरिरहेको उहाँले जनाउनुभयो ।
भारत लगायतका अन्य देशहरुबाट अन्य नेपालीहरुझैं थप माडीबासीहरु स्वदेश फर्किन लागेका वा त्यस्तो योजनामा रहेको बुझ्न सकिन्छ । माडी नगरपालिकाले भने घर फर्किएका सबैलाई उच्च सर्तकताका साथ क्वारेन्टाइनमा राख्ने योजनाअनुरुप हरेक वडामा क्वारेन्टाइन सेन्टर तयार गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस