माडी नगरपालिकाले कृषकहरुलाई धानको बीउमा २५ प्रतिशत अनुदान उपलब्धन गराउने (बिज्ञप्ति सहित)
२०७७ जेष्ठ १, बिहिबार मा प्रकाशित अनुमानित पढ्ने समय : ९ मिनेट
हेल्लो चितवन अन्लाईन्(४ साल अघि)
जेठ , चितवन । माडी नगरपालिकाले कृषकहरुलाई बर्षे धानको बीउमा २५ प्रतिशत अनुदान उपलब्ध गराएको छ । नगरस्तरीय कृषि समन्वय समितिको बैठकले राधा ४, साबित्री, सावा र ओआर जातका उन्नत धानको बीउमा अनुदानको व्यवस्था गर्ने निर्णय गरेसंगै कृषकहरुले सस्तो मुल्यमा बीउ खरिद गर्न सक्ने भएका हुन् । बीउ बिक्री गर्ने अनुमती पाएका एग्रोभेट, बीजबृद्धि र संस्थाहरुबाट कृषकहरुले राधा ४ को जातको धानको बीउ प्रतिकेजी रु ३६, साबित्री प्रतिकेजी रु ४० तथा सावा र ओआर प्रतिकेजी रु ४४ को दरमा खरिद गर्न सक्ने नगरपालिकोको कृषि शाखाले जनाएको छ ।
यसैबिच, गतबर्ष गरिमा जातको हाइब्रिड धानखेती गरेका कृषकहरुलाई नगरपालिकाले राहत उपलब्ध गराउन लागेको छ । गरिमा जातको धान लगाउँदा उत्पादन प्रभावित भएका कृषकहरुको विवरण गतबर्ष नै संकलित भएकोमा उनीहरुलाई राहत उपलब्ध गराउन कृषि शाखाले कृषकहरुको बैंक खाता माग गरेको हो । गतबर्ष माडी क्षेत्रभरी २४७ जना कृषकहरुले कूल ११५ बिगाहा क्षेत्रफलमा गरिमा जातको धानखेती गरेका थिए । उनीहरुका लागि राहत प्रदान गर्न संघीय सरकारबाट १४ लाख २४ हजार रुपैंया माडी नगरपालिकाको बैंक खातामा आइसकेको छ ।
प्रतिक्रिया दिनुहोस