
काठमाडौँ – नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २४५ नै रहेको स्वास्थ्य मन्त्रलायले स्पष्ट पारेको छ ।
स्वास्थ्य मन्त्रालयले बिहीबार बिहान विज्ञप्ति जारी गरेर कुल संक्रमितको संख्या २४५ नै रहेको जनाएको हो । यसअघि बिहान दुई वटा विज्ञप्ति निकालेर पहिलोमा दुई तथा दोस्रोमा थप पाँचजना संक्रमित देखिएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको थियो ।
तर बिहान दोस्रो पटक जारी भएको पाँचजना नयाँ संक्रमित भन्ने जानकारी सही नरहेको मन्त्रालयले स्वीकार गरेको छ ।
प्राविधि त्रुटिका कारण पुरानो विज्ञप्ति नै पुनः नयाँ मितीमा जारी भएको भन्दै मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले माफी मागेका छन् । अहिलेसम्म बिहीबार थपिएका संक्रमित दुईजना मात्रै रहेको उल्लेख छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस