जेठ, काठमाडौं । पर्सामा रहेको नारायणी अस्पतालमा कार्यरत एक स्टाफ नर्समा कोरोना भाइरसको संक्रमण भएको खुलेको छ ।
बुधबार बेलुका संक्रमण पुष्टि भएकी ३६ वर्षे महिला सो अस्पतालमा कार्यरत नर्स रहेको खुलेको हो । बुधबार संक्रमण पुष्टि भएका मध्ये एकजना स्टाफ नर्स रहेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले बताएका छन् ।
संक्रमित नर्स वैशाखकोे दोस्रो हप्तादेखि वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरसको संक्रमितको उपचारमा खटिदै आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले जानकारी दिए । उनी पर्साकै बासिन्दा हुन् ।
बुधबार बेलुका कोरोना संक्रमण पुष्टि भएका अन्य दुई जना भने पुरुषहरु रहेका छन् । नारायणी अस्पतालमा कोरोना भाइरसबाट संक्रमित भएर उपचार गराई रहेकाहरुको संख्या ७१ पुगेको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस