बैशाख, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लक डाउनको ५० दिनको समीक्षा गर्दै सरकारको काम कारबाही सन्तोषजनक नरहेको निष्कर्ष सुनाएको छ।
चैत ११ गतेदेखि सुरु भएको लक डाउन मंगलबार ५० दिन बित्दा सरकारले रोक नियन्त्रणका लागि भन्दा पनि विवादास्पद काम गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
लकडाउनपछि जनताको दैनिकी कष्टकर बनेको र अर्थतन्त्रमा ठूलो पुगेको कांग्रेसले जनाएको छ। यो अवधिमा प्रतिपक्षीका रुपमा आफ्नो भूमिका भने जिम्मेवार रहेको कांग्रेसको ठम्याइ छ।
शर्माले दुई विवादास्पद अध्यादेश ल्याएर स्वयं सरकारले राजनीतिक द्वन्द्व सृजना गरेको आरोप लगाए।
कांग्रेसले सरकार दूरदर्शी र गम्भीर भएको भए देश आज लकडाउनमा नभएर खुला अवस्थामा पुग्न सकिने दाबी गरेको छ।
शर्माले सर्वोच्चको आदेश मान्दै नेपाली नागरिकको उद्धार गर्नुपर्ने स्थितिमा बाहेक अन्तर्राष्ट्रिय उडान र थल नाका समयमै बन्द गरेको भए अहिले लक डाउनमा नहुने जिकिर गरे। कांग्रेसले सिमा विवाद सुल्झाउन सरकार असफल भएको आरोप लगाएको छ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस