२०७७ बैशाख ३०, मंगलबार मा प्रकाशित अनुमानित पढ्ने समय : २ मिनेट
हेल्लो चितवन अन्लाईन्(३ साल अघि)
चितवन, वैशाख । चितवन जिल्लामा रहनुभएका काेराेना संक्रमित ६३ बर्षीय महिलाको लगातार दाेस्राे परीक्षण नेगेटिभ आए पछि आज देखि चितवन काेराेना मुक्त भएकाे छ । छिमेकी जिल्लाहरूमा देखिएकाे उच्च संक्रमणलाई हेर्दा हाम्राे याे खुशि कतिदिन टिक्न सक्छ थाहा छैन ! यदि याे खुशिलाई दिगाे राख्न चाहनुहुन्छ भने टाेल टाेलमा गठित टाेल सुधार समिति लाई सक्रिय बनाई टाेलमा बाहिरबाट मानिस आउन नदिने, आईहालेमा अनिवार्य रूपमा क्वारेन्टाइनमा बस्न लगाउने, अत्याबश्यक काम बाहेक कसैलाई पनि बाहिर निस्कन नदिने, अत्यावश्यक कामले जानुपर्ने ठाउँमा समेत कम्तिमा २ मिटर सामाजिक दुरी कायम गर्ने र कसैले अटेर गरेमा प्रहरीमा खवर गर्ने लगायतका कार्य गर्नुहुन सबैमा अनुराेध छ ।
हामी तपाईहरूकाे स्वास्थ्य सबल राख्न रातदिन खटिरहेका छाैं तर तपाई सुरक्षित रहने नरहने कुरा हाम्राे भन्दा पनि बढि तपाईकाे हातमा छ ।
प्रतिक्रिया दिनुहोस