काठमाडौँ- नेपालमा २६ जना नयाँ संक्रमित भेटिएसँगै कोरोना भाइरस संक्रमितहरुको संख्या २१७ पुगेको छ।
मंगलबार राति भेटिएका संक्रमितमध्ये काठमाडौँका १ र भक्तपुरका २ समेत छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षण अनुसार भक्तपुर जिल्ला निवासी २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौँ जिल्ला निवासी ३३ वर्षीय महिलामा कोरोनाभाइरसको संक्रमण देखिएको हो ।
पर्सामा १८, महोत्तरीमा २, धनुषामा २, काठमाडौँमा १, भक्तपुरमा २ र सर्लाहीमा १ संक्रमित भेटिएका हुन्।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस