वैशाख, काठमाडौं । गृह मन्त्रालयले मंगलवार एक जिल्लाबाट अर्को जिल्ला जाने गरी यस अघि जारी भएका सबै सवारी पास रद्द गरेको छ भने परिचय पत्रका आधारमा जिल्ला भित्रको आवत जावतलाई रोक लगाउने निर्णय गरेको छ |
कोरोना संक्रमित तीव्र गतिमा बढेपछि जोखिम न्यूनीकरणका लागि यो कदम चालिएको बताईएको छ | एक जिल्लाबाट अर्को जिल्लामा आवागमन रोक्न यसअघि जारी गरिएका ई-पाससहितका सम्पूर्ण पास रद्द गरिएको हो |
मुलुकमा कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या बढिरहेका बेला गृहले मंगलबार दिउँसो यो निर्णय गरेको हो । मंगलबार मात्रै ५७ जना कोरोना संक्रमित भेटिएपछि आवतजावतमा कडाइ गरिएको हो ।
यसअघि सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था, उद्योग, निर्माण सेवालगायतसँग सम्बद्ध व्यक्तिले कार्यालयको परिचय पत्र देखाएर हिँड्ने गरेका थिए । अब सम्बन्धित नियामक निकायबाट प्राप्त पास अनिवार्य गरिएको अधिकारीको भनाइ छ ।
सञ्चारकर्मीको हकमा भने सूचना विभागको परिचयपत्रका आधारमा आवतजावत गर्न दिइने गृहले जनाएको छ ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस