चितवन, वैशाख । देशका विभिन्न ठाउँमा कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा आजबाट चितवन कोरोनामुक्त भएको छ ।
कोरोनाको संक्रमणका कारण भरतपुर अस्पतालमा उपचाररत एक जना महिलाको निरन्तर दुईपटकको स्वाब परिक्षण नेगेटिभ आएको छ ।
लगातार दुई पटक गरिएको परीक्षणमा कोरोना रिपोट नेगेटिभ आएपछि उनी निको भएकी हुन् । उनलाई बुधबार डिस्चार्ज गरिने भरतपुर अस्पतालले जानकारी दियो ।
यी महिलाको पाँच पटकसम्म परीक्षण गर्दा लगातार रिपोर्ट पोजिटिभ आएको थियो । यद्यपी उनको स्वास्थ्य अवस्था भने सामान्य थियो । यसअघि कोरोना संक्रमित उनका २७ वर्षीय छोरा डिस्चार्ज भइसकेका छन् । दुवै जना संक्रमित निको भएरसंगै चितवन अब कोरोनामुक्त बनेको छ ।
आमा र छोरामा वैशाख ४ गते भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो । त्यसपछि उनीहरुको स्वाब पुनः टेकु प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा पनि पोजिटिभ देखिएपछि वैशाख ५ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको थियो । दुवै आमा छोरा गत चैत ३ गते बेलातबाट नेपाल आएका थिए भने चैत ५ गते चितवन आइपुगेका थिए ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस