बैशाख,पर्सा। पर्सामा कोरोना भाइरस संक्रमण अझै बढ्न सक्ने संभावना देखिएको छ । पर्सामा मंगलबार ३९ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये ४ जना पत्रकार रहेका छन् ।
नारायणी अस्पतालका डाक्टर मदनकुमार उपाध्यायले पर्सामा थपिएका ३९ संक्रमितमध्ये २ जना सञ्चारकर्मी रहेको जानकारी दिनुभएको छ । ‘उहाँहरु जिल्लाका अगुवा सञ्चारकर्मी पनि हुनुहुन्छ’ उहाँले भन्नुभयो, ‘रिपोर्टिङका क्रममा कतै एक्सपोजर भइयो कि भनेर स्वाब दिनु भएको रहेछ । रिपोर्ट पोजेटिभ आएको छ ।’
संक्रमित पत्रकारले आफूहरु केही दिनअघि प्रमुख जिल्ला अधिकारी र सुरक्षाकमीसँग सँगै रहेको समेत सुनाएका छन् । चार दिनअघि जिल्लामा भएको छलफलमा आफूहरु सहभागी भएको उनीहरुबाटै खुलेको हो । संचारकर्मीमाथि भएको कुटपिटविरुद्ध पर्साका पत्रकार आन्दोलनरत छन् ।
आन्दोलन र त्यसबारे उनीहरुले विभिन्न पक्षसँग भेला भएरै छलफल गरेका हुन् । संक्रमित एक संचारकर्मीले भने– सिडियो र डिएसपीसहित हामी ७५ जना भन्दाबढी छलफलमा सँगै थियौँ ।’ यही कारणले पर्सामा कोरोना संक्रमण अझै बढ्न सक्ने स्थिति देखिएको हो ।
याशासी मिडिया हाउस प्रा.लि.
भरतपुर - १० चितवन ,नेपाल
ईमेल: [email protected]
कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५
सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९
प्रतिक्रिया दिनुहोस