• होमपेज
  • चितवन साप्ताहिक बिशेष
  • चितवन शंस्करण
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्तर्वार्ता
  • हाम्रो समाजमा
  • खेलकुद
  • बिचार / विश्लेषण
  • मनोरन्जन
  • विचित्र संसार
  • सुचना प्रविधि
  • स्वास्थ्य-जीवनशैली
  • अन्तराष्ट्रिय
Ad Logo
Advertisement

आज:  २०८२ माघ २४, शनिबार  | Fri, 06, Feb, 2026
hotpati logo
  • समाचार
  • चितवन शंस्करण
    • भरतपुर
    • रत्ननगर
    • खैरहनी
    • राप्ती
    • कालिका
    • माडी
    • ईच्छाकामना
  • बिचार / विश्लेषण
  • सुचना प्रविधि
  • अन्तर्वार्ता
  • खेलकुद
  • शिक्षा
  • एजुकेशन कन्सल्टेन्सी
  • स्कुल/कलेज
  • अन्य
    • हाम्रो समाजमा
    • मनोरन्जन
    • स्वास्थ्य-जीवनशैली
    • साहित्य

उत्कृष्ट १० नेपाली चलचित्र जो युट्यूबमा भेटिन्छन् (लिंकसहित)

May 11, 2020 मा प्रकाशित अनुमानित पढ्ने समय : ३२ मिनेट
उत्कृष्ट १० नेपाली चलचित्र जो युट्यूबमा भेटिन्छन् (लिंकसहित)

Author
हेल्लो चितवन अन्लाईन्
(५ साल अघि)

काठमाडौँ– खाली समयको उपयोग चलचित्र हेरेर गर्नु राम्रो हो। इन्टरनेटको पहुँच भएमा विभिन्न माध्यमबाट चलचित्र लगायतका भिडियो सामग्री हेर्न सकिन्छ। भिडियो तथा चलचित्र हेर्ने धेरै स्थानहरु छन्। युट्युब पनि एक हो। तर यहाँ एकै नामबाट धेरै भिडियोहरु अपलोड भएका हुनसक्छन्।

नेपाली चलचित्रको कुरा गर्ने हो भने युट्यूबमा चलचित्र अपलोड गर्ने क्रम बढेको छ। लकडाउनको समयलाई उपयोग होस भनेर पनि यस्ताे गरिएकाे हुनसक्छ। तर अपलोड भएका सबै चलचित्र सजिलै नभेटिन सक्छ। यहाँ केही चलचित्रहरुको लिंक छन्, जसले प्रदर्शन पछि राम्रो समीक्षा पाए।

१) पशुपति प्रसाद

दिपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपति प्रसाद सन् २०१६ मा बनेको चलचित्र हो। १ सय ३५ मिनेट लामो यो चलचित्र एउटा युवाको संघर्षमा केन्द्रित छ, जो आफ्नो बाबुको इच्छा आकांक्षा पूरा गर्न लागिपर्छ।

शहरमा उसले धेरै प्रकारका पात्रहरु भेट्छ। कतिले उसलाई माया गर्छन्, कतिले उसको दयालुपनलाई बुझ्छन् भने कति उसलाई समाप्त गर्न चाहन्छन्। यो चलचित्रको अन्त्यले दर्शकको आँखामा आँशु ल्याउँछ। यो चलचित्रमा खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन्। यो चलचित्रले राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेको छ।

२) छक्का पञ्जा

सन् २०१६ मा नै बनेको अर्को चलचित्र हो, छक्का पञ्जा । १ सय ३६ मिनेट लामो चलचित्रलाई दिपाश्री निरौलाले निर्देशन गरेकी हुन्। यो चलचित्र हाँस्यव्यंग्यमा आधारित चलचित्र हो। हाँस्य कलाकारको टोलि मिलेर बनेको यो चलचित्र युवापुस्तामा केन्द्रित छ, जो रोजगारीको लागि खाडी हानिएका छन्।

यो चलचित्रमा नायिका प्रियंका कार्की र नायक दीपकराज गिरी मुख्य भूमिकामा छन्। यो चलचित्रको राजनराज शिवाकोटी र अन्जु पन्तले गाएको पूर्व पश्चिम रेल गीत धेरै रुचाइएको गीत थियो।

३) लुट

निश्चल बस्नेत निर्देशित चलचित्र लुट सन् २०१२ मा बनेको चलचित्र हो। यो चलचित्र १ सय २१ मिनेटको छ। ‘क्राइम एक्सन’ मा आधारित यो चलचित्र एकदमै सफल चलचित्र हो र यो चलचित्रले सबैभन्दा धेरै कमाई गरेको थियो। यो चलचित्र ५ यूवाहरु जो छिट्टै धनि बन्न चाहन्थे, उनीहरुले बैंक चोर्ने योजना बनाएको कथामा आधारित छ।

४) बलिदान

निर्देशक तुलसी घिमिरे निर्देशित लोकप्रिय चलचित्र हो ‘बलिदान’ । यो चलचित्र सन् १९९७ मा बनेको हो। १ सय ६८ मिनेट लामो यो चलचित्र सदाबहार चलचित्र हो। यसलाई ९८ प्रतिशत दर्शकले राम्रो भनेका छन्। यो चलचित्र माक्सवादी क्रान्तिमा आधारित चलचित्र हो। राष्ट र राष्ट्रियता जगाउने यो चलचित्रले मातृभूमिप्रतिको बलिदानलाई देखाएको छ । यो नेपाली चलचित्रहरुमा धेरै हेरिएको चलचित्र हो ।

५) कबड्डी कबड्डी

रामबाबु गुरुङ निर्देशित चलचित्र कबड्डी कबड्डी सन् २०१३ मा बनेको कबड्डीको श्रृंखला हो । सन् २०१५ मा बनेको यो चलचित्र १ सय १५ मिनेट लामो छ। यो चलचित्र हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरुको जीवनशैलीमा आधारित छ।

यो चलचित्रले हिमाली क्षेत्रको सुन्दरता एवं सँस्कृतिलाई देखाएको छ। यो चलचित्रले नेपाली चलचित्र क्षेत्रको इतिहासमा नै सबैभन्दा धेरै कमाई गरेर रेकर्ड राखेको थियो।

६) वडा नं ६

सन् २०१६ मा उज्जवल घिमिरे निर्देशित चलचित्र वडा नं छ ले नेपाली समाजको केही पुरानो अवस्थाको कथा भन्छ। माओवादी जनयुद्धको समयमा साधारण मानिसहरु कसरी प्रभावित भए चलचित्रले देखाउन खोजेको छ। यो चलचित्र नुवाकोटको सेरोफेरोमा बनेको छ। यसमा जातीय विभेद, द्वन्द्व लगायतका सामाजिक परिस्थितीको उठान गरिएको छ।

७) टलकजंग भर्सेस टुल्के

निश्चल बस्नेत निर्देशित चलचित्र ‘टलकजंग भर्सेस टुल्के’ सन् २०१४ मा बनेको चलचित्र हो । यो चलचित्र शहरीया जीवनसँग गाउँले जीवनको तुलना हो। यो चलचित्रमा पनि द्वन्द्वले मानिसलाई कसरी प्रभावित पार्छ भनेर देखाउन खोजिएको छ।

यो चलचित्रले सन् २०१६ मा भएको ओस्कार अवार्डमा प्रवेश पनि पाएको थियो। यो चलचित्र सन् २०१५ को राष्ट्रिय चलचित्र पुरस्कार प्राप्त गरेको थियो।

८) परदेशी

सन् २०१५ मा बेनेको चलचित्र परदेशी निर्देशक नारायण रायमाभिले निर्देशन गरेका हुन् । यो चलचित्रले खाडी मुलुकमा रोजगारीको लागि जाने जनसमुदायको कथा भन्छ। यो चलचित्र मायालु जोडिको कथा हो।

९) झोला

कृष्ण धराबासी लिखित पुस्तकमा आधारित चलचित्र झोलालाई यादव कुमार भट्टराईले निर्दशन गरेका हुन्। सन् २०१३ मा प्रदर्शन भएको यो चलचित्र बुढो मान्छेको पुरानो झोला देखाएर सुरु हुन्छ। त्यही झोलामा भएको किताबमा यो कथा हुन्छ। यो चलचित्रमा सति प्रथाको बारेमा देखाइएको छ। वि सं १९२० ताका यो प्रथा अस्तित्वमा थियो। यो चलचित्रले थुप्रै सम्मान प्राप्त गर्‍यो।

१०) साँघुरो

साँघुरो शब्दले गरिबीलाई बुझाउँछ, सन् २०१५ मा बनेको यो चलचित्रलाई जोयस पाण्डेले निर्देशन गरेका हुन्। यो चलचित्रले नवविवाहित जोडिको कथा भनेको छ, जो एकै कोठामा बसेको परिवारसँग एकान्त समयको लागि संघर्ष गरिरहेका छन्।

बैशाख २८, २०७७ मा प्रकाशित

बाट थप

  • सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा
  • पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा
  • आज कति छ अमेरिकी डलरको भाउ? आज कति छ अमेरिकी डलरको भाउ?
  • भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
  • प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    निर्वाचनमा ३१ दिन बाँकी : प्रत्यक्षतर्फका ३० लाख मतपत्र छपाइ सम्पन्न

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    आज सोमबार: सबै राशिका लागि शुभ संकेतहरू

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    राष्ट्रपति रामचन्द्र पौडेल आज जापान प्रस्थान

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    निर्वाचन आउन ३२ दिन बाँकी रहँदा १५ जिल्लाका १८ निर्वाचन क्षेत्रमा मतपत्र छपाइ सम्पन्न

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    चितवनमा मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    सुनको मूल्यले नयाँ कीर्तिमान, तोलामा साढे ९ हजारले वृद्धि

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    त्रिशूली किनारमा पुरिएको बसबाट मानव कङ्काल फेला

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    डडेल्धुरामा ट्रयाक्टर–मोटरसाइकल दुर्घटना, दुईको मृत्यु

    आजको राशिफल : माघ ७, बुधवार

    आजको राशिफल : माघ ७, बुधवार

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    चितवनमा डोङ्गफेङ्ग गाडीका इभी बसको बिक्री शुरु

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    रास्वपाका १६५ उम्मेदवार सार्वजनिक

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    देशका अधिकांश क्षेत्रमा मौसम सफा, जनजीवन सामान्य रहने

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र आजदेखि सुरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सूची

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    रोचक बन्दै चितवन क्षेत्र नम्बर २ : रविसँग चुनाव लड्दै गुरुङ

    समाचार
    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    सुनको मूल्यमा ठूलो गिरावट, तोलाको कारोबार २ लाख ८६ हजार ६०० रुपैयाँमा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो  सुपरस्पेशालिटी सेवा

    पुष्पाञ्जली अस्पतालले शुरु गर्यो सुपरस्पेशालिटी सेवा

    आज कति छ अमेरिकी डलरको भाउ?

    आज कति छ अमेरिकी डलरको भाउ?

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    आवेग र मापसेको क्रूर परिणाम: गुल्मीमा तीन महिनाको शिशुको हत्या

    hotpati logo footer

    याशासी मिडिया हाउस प्रा.लि.

    भरतपुर - १० चितवन ,नेपाल

    ईमेल: [email protected]

    कार्यालय फोन- +९७७-५६-६९५२५४, ९८४५०५५३६५

    सूचना तथा प्रसारण बिभाग दर्ता नं. ३२३४-२०७८/७९

    Facebook

    © २०७६ हेल्लो चितवन अन्लाईन् मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा | हाम्रो टीम Designed by: GOJI Solution
    ↑